थाइल्यान्डमा जिडब्लुएमको ओभरसिज सम्मेलन सम्पन्न, ५० राष्ट्रका २०० बढी वितरक सहभागी
ग्रेटवाल मोटर (जिडब्लुएम) ले थाइल्यान्डको बैंककमा ‘वान जिडब्लुएम – लाइट द...
विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’ स्थगित हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २७ सम्म आयोजना हुने मिति पहिले नै तय भए पनि चीनमा फैलिरहेको कोभिड–१९ प्रकोपका कारण अटो शो स्थगित भएको हो ।
स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न रोग प्रतिरोधक कार्य गर्नु पर्ने सरकारी निकायको अनुरोधलाई स्वीकार गर्दै अटो शो स्थगित गरिएको आयोजकको भनाइ छ । यद्यपि उक्त अटो शोको नयाँ मिति भने तोकिएको छैन ।
क्योडो न्युजका अनुसार अक्टोबर २४ यता चीनका २८ सहरका २० करोड भन्दा बढी नागरिक कुनै न कुनै प्रकारको लकडाउनका कारण प्रभावित भएका छन् ।
कोभिडका कारण चीनमा टेस्ला, फक्सवागन, टोयोटा र अन्य कम्पनीहरुको उत्पादन पनि प्रभावित भएको छ । चीनको इलेक्ट्रिक कार निर्माता कम्पनी नियोले आफ्नो हेफेईमा रहेको प्लान्टको कार्य समेत केही समयलाई रोकेको यही साता घोषणा गरेको छ ।
अटो ग्वाङझाउ २०२२ स्थगित भएसँगै विभिन्न कम्पनीहरुले सार्वजनिक गर्ने भनिएका नयाँ सवारी साधन समेत प्रभावित हुने भएका छन् । टोयोटाले सार्वजनिक गर्ने भनिएको बीजेड३ र ८०० किलोमिटर रेन्ज दाबी गरिएको एमजी साइबरस्टरको सार्वजनिकीकरण समेत पछि सर्ने भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...