हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च, मूल्य कति ?

हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ मोटरसाइकल ‘एक्स ४४० टी’ लन्च गरेको छ । हार्ले ब्रान्डमा उत्पादित हालसम्मकै सानो इन्जिनयुक्त उक्त मोटरसाइकलको मूल्य २ लाख ७९ हजार भारु निर्धारण गरिएको छ ।

यसअघिको हार्ले एक्स ४४० को अपडेटेड भर्सनका रुपमा आउन लागेको सो नयाँ मोटरसाइकललाई कम्पनीले उही पुरानै ट्युबुलर चेसिस फ्रेममा तयार पारेको हो । मोटरसाइकलको अगाडि अपसाइड डाउन फोर्क र पछाडि डुअल शक अब्जर्बर सस्पेन्सन सेट जडान गरिएको छ । अलाेय ह्विल र ब्रेकहरु पनि यसअघिकै मोडलबाट लिएको छ।

एक्स४४० टीमा लामो टेल सेक्सन दिइएको छ भने सिंगल पीस सिटद्वारा सुसज्ज्ति छ । बाइकमा सिंगल पड इन्स्ट्रयुमेन्ट कन्सोल र बार एन्ड मिररहरू छन् । हार्लेको सो नयाँ मोटरसाइकलमा राइड–बाई–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल तथा रियर एबीएस, रोड र रेन जस्ता राइडिङ मोडहरू उपलब्ध गराइएको छ ।

हार्ले एक्स ४०० मा जस्तै ४४० सीसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको उक्त मोटरसाइकलको आधिकतम पावर २७ बीएचपी र टर्क ३८ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

हिरोले वन्द गर्यो प्यासन प्रोको उत्पादन

हिरोले वन्द गर्यो प्यासन प्रोको उत्पादन

हिरो मोटोकर्पले आफ्नो कम्यूटर वाइक प्यासन प्रोको उत्पादन वन्द गरेको छ ।...

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादन एक्सट्रिम १२५आर बाइक भारतीय बजारमा...

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...