यस्तो छ नेपाल आउने तयारीमा रहेको ग्रेटवाल मोटर्सको विंगल५ पिकअप

चाइजिन अटो मेकर ग्रेटवालको नयाँ पिकअप विंगल५ नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स स्रोतले अबको केही समयपछि यो पिकअपलाई नेपाल भित्राउने बताएको छ । बजारमा अहिले पिकअप ट्रकको माग उच्च रहेका कारण उसले पोअरपछि अर्को नयाँ पिकअप विंगल५ थप गर्न लागेको हो ।

एक दशक अघि तत्कालिन बिक्रेताले नेपाल भित्राएर राम्रै संख्यामा बिक्री गरेको यो पिकअप अहिले पनि सडकमा गुडिरहेको देख्न सकिन्छ । नयाँ बिक्रेताका रुपमा कारोबार थालेपछि भीजी इम्पेक्सले पुन भित्राउने तयारी थालेको विंगल५ अन्तराष्ट्रिय बजारमा डबल र सिंगल क्याब भेरियन्टमा उपलब्ध रहँदै आएको छ । नेपालमा यी दुबै भेरियन्ट भित्रिनसक्ने कम्पनी स्रोतको भनाई छ । नेपाल आउन लागेको यो पिकअप २०१९ मोडलको हो । जुन युरो ४ स्टान्डर्डमा उपलब्ध हुनेछ ।

विंगल५ मा २.४ लिटर इनलाईन मित्सुबिसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १३४ एचपी र टर्क २०५ एनएम रहेको छ । टु ह्विल ड्राइभ सहितको ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइइको यो पिकअप इन्धन किफायती र उच्चतम पर्फमेन्सका लागी उपयुक्त रहने दाबी गरिएको छ ।

यो पिकअपमा फराकिलो कार्गो स्पेस, म्यानुअल एयर किन्डसनिङ, मल्टि कलर स्टेरिङ ह्विल, युएसबी सहितको फोर स्पिकर अडियो सिस्टम, इबिडी सहितको एबिएस, डुअल एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम र स्पिड सेन्सर भएको सेन्टर डोर लक लगायत अन्य थुप्रै फिचर्स उपलब्ध हुनेछन् । नेपाल आउँदा यसको मूल्य कतिपर्छ भन्ने बिषयमा कम्पनीले कुनै जानकारी उपलब्ध गराएको छैन ।

सम्बन्धित समाचारहरू

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

नेपाली बजारमा उपलब्ध पिकअप मध्ये इसुजु एस–क्याब पिकअप पनि एक हो ।...

सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ

सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ

काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन...

भल्वोका निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

भल्वोका निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र भल्वोको नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...