किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर

वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी गर्न नचाहने ग्राहकको कारलाई नचल्ने वनाउन फोर्ड मोटरले नयाँ प्रविधीको प्याटेन्ट दर्ता गराएको छ । यो प्रविधी प्रयोगमा आएको खण्डमा किस्ता फेल हुने वित्तिकै कम्पनीले कारलाई रिमोटबाटै नचल्ने वनाउन सक्नेछ ।

कारमा प्रयोग हुने कनेक्टेड कार टेक्नोलोजीको साहयतामा यसलाई लागु गर्न सकिने फोर्ड मोटर्सले जनाएको छ । किस्ता तिर्न वाँकी भएका ग्राहकले भुक्तानीमा अनिच्छा देखाएर उम्किन नसकुन भनेर भविष्यमा यस्तो प्रविधी ल्याउन लागिएको हो । यद्यपी यो प्रविधीलाई प्रयोगमा ल्याउन भने विभिन्न कानुनी अड्चनहरुले व्यावधान खडा गर्न सक्ने फोर्ड मोटर्सको भनाई छ ।

फोर्डले यो नयाँ प्रविधीलाई रिपोसेसन–लिङ्क टेक्नोलोजी नाम दिएको छ । जसअन्तर्गत किस्ता फेल हुनेवित्तिकै रिमोटको साहयतामा वैंकले कारको एसी चल्न वन्द गरिदिनेछ । साथै क्रुज कन्ट्रोल र अटोमेटेड विन्डो फिचरलाई समेत निश्क्रिय पारिदिनेछ । यति गर्दापनि ग्राहकले किस्ता भुक्तानी गर्न नमानेर कारलाई चालएको खण्डमा कम्पनीले गाडीको इन्जिन नै वन्द गर्ने र एक्सिलेटरलाई कम नगर्ने अवस्थामा पुर्यादिनेछ ।

यो नयाँ प्रविधीलाई फोर्डले तत्कालै लागु नगर्ने वताएको छ । यस्तो प्रविधीको विकास र खोजमा काम गर्न सकिन्छ कि भनेर आफूहरुले प्याटेन्टमात्र दर्ता गराएको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा

फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा

काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...

फोर्स गोर्खाको मूल्य ६९.७९ लाख होइन, ७८.९९ लाख, खुल्यो बुकिङ, अझै बढ्ने

फोर्स गोर्खाको मूल्य ६९.७९ लाख होइन, ७८.९९ लाख, खुल्यो बुकिङ, अझै बढ्ने

काठमाडौं – फोर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलले...

यस्तो छ नेपाल आउने तयारीमा रहेको प्रोटोन एक्स५०

यस्तो छ नेपाल आउने तयारीमा रहेको प्रोटोन एक्स५०

मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स५० नेपाल आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...