फोर्स मोटर्सले ल्यायो भरमार उपहारको वर्षा
काठमाडौं – फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत...
वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी गर्न नचाहने ग्राहकको कारलाई नचल्ने वनाउन फोर्ड मोटरले नयाँ प्रविधीको प्याटेन्ट दर्ता गराएको छ । यो प्रविधी प्रयोगमा आएको खण्डमा किस्ता फेल हुने वित्तिकै कम्पनीले कारलाई रिमोटबाटै नचल्ने वनाउन सक्नेछ ।
कारमा प्रयोग हुने कनेक्टेड कार टेक्नोलोजीको साहयतामा यसलाई लागु गर्न सकिने फोर्ड मोटर्सले जनाएको छ । किस्ता तिर्न वाँकी भएका ग्राहकले भुक्तानीमा अनिच्छा देखाएर उम्किन नसकुन भनेर भविष्यमा यस्तो प्रविधी ल्याउन लागिएको हो । यद्यपी यो प्रविधीलाई प्रयोगमा ल्याउन भने विभिन्न कानुनी अड्चनहरुले व्यावधान खडा गर्न सक्ने फोर्ड मोटर्सको भनाई छ ।
फोर्डले यो नयाँ प्रविधीलाई रिपोसेसन–लिङ्क टेक्नोलोजी नाम दिएको छ । जसअन्तर्गत किस्ता फेल हुनेवित्तिकै रिमोटको साहयतामा वैंकले कारको एसी चल्न वन्द गरिदिनेछ । साथै क्रुज कन्ट्रोल र अटोमेटेड विन्डो फिचरलाई समेत निश्क्रिय पारिदिनेछ । यति गर्दापनि ग्राहकले किस्ता भुक्तानी गर्न नमानेर कारलाई चालएको खण्डमा कम्पनीले गाडीको इन्जिन नै वन्द गर्ने र एक्सिलेटरलाई कम नगर्ने अवस्थामा पुर्यादिनेछ ।
यो नयाँ प्रविधीलाई फोर्डले तत्कालै लागु नगर्ने वताएको छ । यस्तो प्रविधीको विकास र खोजमा काम गर्न सकिन्छ कि भनेर आफूहरुले प्याटेन्टमात्र दर्ता गराएको कम्पनीको भनाई छ ।
काठमाडौं – फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत...
काठमाडौं – नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल...
अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...