इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा यसको इन्ट्रीको चर्चा चलिरहेको छ । रिपोर्टका अनुसार अमेरिकी अटोमोबाइल निर्माता कम्पनी फोर्ड भारत फर्कने तयारी गरिरहेको छ । हाल कम्पनीले भारतमा कुन–कुन कार ल्याउन सक्छ भन्ने चर्चा चलिरहेको छ ।

यद्यपि कम्पनीले आफ्ना केही पुराना गाडीहरू भने भारतमा ल्याउने छैन। रिपोर्टका अनुसार कम्पनीले इकोस्पोर्ट, फिगो र एस्पायरलाई भारतमा ल्याउने छैन । कम्पनीले यसअघि नै सो ह्याचब्याक, सेडान र कम्प्याक्ट एसयूभी सेगमेन्टका गाडीहरू भारतमा ल्याएको थियो । तर अहिले बजारमा आएको परिवर्तनका कारण यी पुराना मोडलहरू नल्याउने निर्णय गरिएको छ ।

रिपोर्टका अनुसार कम्पनीले टी-६ प्लेटफर्ममा आधारित गाडीमा मात्र ध्यान दिनेछ। यस प्लेटफर्ममा कम्पनीले फोर्ड एभरेष्ट र फोर्ड रेन्जर जस्ता गाडीहरू निर्माण गर्दै आइरहेको छ । तसर्थ, यी गाडीका साथै कम्पनीले भारतमा एसयूभी र लाइफस्टाइल पिकअप ट्रक सेगमेन्टमा अन्य आइसिई गाडी ल्याउने अपेक्षा गरिएको छ।

आइसिई गाडीको लागि टी-६ प्लेटफर्म बाहेक कम्पनीले भारतमा केही इलेक्ट्रिक र हाइब्रिड गाडीहरू पनि ल्याउन सक्ने अनुमान गरिएको छ। कम्पनीले मुस्ताङ म्याच ई र एफ–१५० जस्ता सवारीसाधन धेरै देशमा बिक्री गर्दै आएको छ । भारतीय बजारमा पनि त्यस्ता केही सवारीसाधन ल्याउन सकिने अपेक्षा गरिएको छ ।

फोर्डले भारतमा सन् २०२५ को अन्तसम्म वा सन् २०२६ को सुरुवातमा केही सवारी साधन सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । साथै कम्पनीले विदेशी बजारबाट पनि केही सवारी साधन भारत फर्काउन सक्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पेन चल्दै : उत्साहजनक सहभागिता

फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पेन चल्दै : उत्साहजनक सहभागिता

पोखरा – केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स...

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

फोर्ड इकोस्पोर्ट हाइब्रिड पावरट्रेनका साथ पुनः बजारमा आउने

फोर्ड इकोस्पोर्ट हाइब्रिड पावरट्रेनका साथ पुनः बजारमा आउने

फोर्डले आफ्नो लोकप्रिय क्रसओभर इकोस्पोर्टलाई यूरोपमा पुनः उत्पादन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...