फोर्ड भारतमा पुनरागमन गर्ने, चेन्नई प्लान्टमा ३ हजार २५० करोड लगानी गर्ने

फोर्डले २०२१ मा भारतमा आफ्नो कारोबार स्थगित गरेपछि अब पुनः भारतीय बजारतर्फ फर्कने तयारी गरेको छ। कम्पनीले तमिलनाडुको चेन्नई स्थित मरैमलाई नगरमा रहेको आफ्नो पुरानो कारखाना पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

यसको लागि फोर्ड कम्पनीले करिब ३ हजार २५० करोड भारु बराबरको लगानी गर्ने भएको छ । साथै कम्पनीले २०२९ देखि आफ्नो उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत प्रारम्भिक चरणमा वार्षिक २ लाख ३५ हजार इन्जिन उत्पादन गरिने योजना छ।

फोर्ड भारतमा सक्रिय हुँदा यसको दुई प्रमुख उत्पादन केन्द्रहरू थिए । एउटा चेन्नईमा र अर्को गुजरातको सानन्दमा । तर, विश्वव्यापी रूपमा बढी नाफामुखी बजारमा ध्यान केन्द्रित गर्ने उद्देश्यले कम्पनीले २०२१ मा भारतबाट बाहिरिने निर्णय लिएको थियो । त्यसपछि टाटा मोटर्सले सानन्द प्लान्ट अधिग्रहण गर्यो भने फोर्डले चेन्नई प्लान्टलाई आफ्नो स्वामित्वमा राख्यो । तर यो प्लान्ट २०२२ पछि बन्द अवस्थामा थियो।

२०२४ मा फोर्डले चेन्नई प्लान्ट पुनः सुरु गर्ने प्रस्ताव तमिलनाडु सरकारसमक्ष पेश गरेको थियो। अमेरिकाले २५ देखि ५० प्रतिशतसम्मको भारी आयात शुल्क कायम राखेकाले फोर्डले आफ्नो व्यापार रणनीतिमा परिवर्तन गर्नुपरेको विश्लेषकहरू बताउँछन् । अब कम्पनीले अमेरिकी बजारभन्दा युरोप तथा अन्य देशहरूलाई लक्षित गर्दै नयाँ योजना अघि बढाएको देखिन्छ।

चेन्नई प्लान्ट पुनः सञ्चालन भएसँगै यसले फोर्डको नयाँ पुस्ताका इन्जिनहरू उत्पादन गर्नेछ । यहाँ आवश्यक स्तरमा पूर्वाधार स्तरोन्नति गर्ने काम यसै वर्षदेखि सुरु गरिने भएको छ। प्लान्ट पुनः सञ्चालनमा आएपछि करिब ६०० नयाँ रोजगारी अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ। हालका लागि फोर्डको ध्यान केवल इन्जिन निर्यातमा रहनेछ।

सम्बन्धित समाचारहरू

फोर्ड नेपालको अफ टु नुवाकोट ४×४ कार्यक्रम सम्पन्न

फोर्ड नेपालको अफ टु नुवाकोट ४×४ कार्यक्रम सम्पन्न

काठमाडौं – फोर्ड नेपालले नेपालमा आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर...

फोर्ड इकोस्पोर्ट हाइब्रिड पावरट्रेनका साथ पुनः बजारमा आउने

फोर्ड इकोस्पोर्ट हाइब्रिड पावरट्रेनका साथ पुनः बजारमा आउने

फोर्डले आफ्नो लोकप्रिय क्रसओभर इकोस्पोर्टलाई यूरोपमा पुनः उत्पादन गर्ने...

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...