फोर्डले ३ लाखभन्दा बढी गाडी फिर्ता लिने, यस्तो छ कारण

फोर्डले बजारबाट ३ लाखभन्दा बढी गाडी फिर्ता लिने भएको छ । अमेरिकाको नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार, ती गाडीहरूमा रहेको कमजोरीले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले फिर्ता लिन लागिएको हो ।

फोर्डको कार चलाउँदा पावर ब्रेकमा समस्या देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जसले गर्दा गाडी तत्कालै रोक्न नसकिने र अर्को गाडीसँग ठोकिने जोखिम बढ्ने जनाइएको छ ।

कुल ३ लाख १२ हजार १ सय २० गाडीमा यो समस्या देखिएको बताइन्छ । गाडीको इलेक्ट्रिक ब्रेक बुस्टर चलाउँदै गर्दा बिग्रने समस्या देखापरेको हो । विशेषगरी लिंकन नेभिगेटर, फोर्ड ब्रोन्को, फोर्ड एक्सपिडिशन, फोर्ड एफ–१५० र फोर्ड रेन्जरमा समस्या देखिएको छ ।

फोर्ड गाडीका प्रयोगकर्ताहरूलाई ईमेल पठाएर तत्कालै फोर्ड डिलरसँग सम्पर्कका लागि आग्रह गरिने एनएचटीएसएले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...