भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ । पछिल्ला केही दिनदेखि यसको पुनरागमनको चर्चा बढ्दै गएको छ । तर कम्पनीले यसमा मौन प्रतिक्रिया दिएको छ । सम्भवतः फोर्ड भारतमा पुनरागमन भएमा कम्पनीले निकै मिहिनेत गर्नुपर्नेछ ।

सन् २०२१ मा फोर्डको खराब बिक्रीका कारण भारतीय बजारबाट बाहिरिने घोषणा गरेको थियो । भारतमा कम्पनीले २ बिलियन डलरको नोक्सानी बेहोरेर सन् २०२२ मा बाहिरिने प्रक्रिया पूरा गरेको थियो । फोर्ड बाहेक शेभ्रोले र ड्याटसन जस्ता कम्पनीले पनि यस्तो अवस्थाको सामना गर्नु परेको थियो ।

कुनै पनि देशको अटोमोबाइल बजारमा पुनः प्रवेश गर्नु अटोमेकरको लागि रणनीतिक निर्णय हो । यसमा बजारको अवस्था, प्रतिस्पर्धा, ग्राहक प्राथमिकता र नियामक वातावरण सहित धेरै कारकमा निर्भर गर्छ ।

यद्यपि भारतमा अटो निर्मातालाई सरकारी सहयोग र मध्यमवर्गीय ग्राहकको संख्या बढ्दै गएको कारण फोर्ड पुनरागमन हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला दिनमा फोर्डका विभिन्न मोडल परीक्षण भइरहेका समाचार पनि सार्वजनिक भएका छन् । यो भन्दा पहिले फोर्डको प्लान्ट टाटाले किन्ने चर्चा पनि भएको थियो । तर हाल आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक भएको छैन ।

भारतमा फोर्ड फिर्ता भए पश्चात नेपालमा समेत यसको असर देखिएको छ । पहिले भारतमै उत्पादन भएका फोर्ड फिगो लगायतका कार नेपाली बजारमा उपलब्ध गराइरहेको जीओ अटोमोबाइल्सले हाल त्यस्ता सबैका लागि उपयुक्त सवारी साधन नेपाली बजारमा उपलब्ध गराउन सकेको छैन । फोर्डको इकोस्पोर्ट एसयूभी त झन् निकै नै रुचाइएको मोडल थियो ।

फोर्डले हाल फोर्ड रेन्जर जस्ता इन्डोनेसियामा उत्पादित उच्च मूल्यका सवारी साधन मात्र बिक्री–वितरण गरिरहेको छ । यद्यपि पहिले नेपाली सडकमा गुडिरहेका फोर्डका सवारी साधनलाई बिक्री पछिको सेवा भने उपलब्ध गराइरहेको बताएको छ ।

यदि भारतमा फोर्ड फिर्ता आयो भने नेपालमा पनि भारतमा उत्पादित फोर्डका सवारी साधन फेरि बिक्री हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

यस्तो छ हालै नेपाली बजारमा बुकिङ खुला गरिएको फोर्स गोर्खाको फिचर र मूल्य

यस्तो छ हालै नेपाली बजारमा बुकिङ खुला गरिएको फोर्स गोर्खाको फिचर र मूल्य

काठमाडौं – नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल...

फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने घोषणा

फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने घोषणा

काठमाडौं – फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...