फोर्ड इकोस्पोर्ट हाइब्रिड पावरट्रेनका साथ पुनः बजारमा आउने
फोर्डले आफ्नो लोकप्रिय क्रसओभर इकोस्पोर्टलाई यूरोपमा पुनः उत्पादन गर्ने...
इलेक्ट्रिक कारमा आइसिईको भन्दा फरक पावरट्रेनको साथ सम्पूर्ण ड्राइभिङ अनुभव नै फरक हुन्छ । तर पछिल्लो समय अटो निर्माताहरूले नयाँ प्रविधि प्रयोग गरेर त्यो खाडललाई पूरा गर्ने प्रयास गरिरहेका छन् ।
फोर्डले हालै ईभीको लागि म्यानुअल गियर शिफ्टर पेटेन्ट दर्ता गरेको छ । इलेक्ट्रिक भेहिकलको लागि शिफ्टर एसेंबली शीर्षकको पेटेन्ट, मार्च २० मा प्रकाशित भएको थियो । फोर्डले लिएको उक्त पेटेन्ट अनुसार बक्समा माउन्ट गरिएको परम्परागत गियर स्टिक देखाइएको छ ।
ईभीमा उपलब्ध हुने गियर शिफ्टर विभिन्न एक्चुएटरहरूसँग जडान हुन्छ र यसलाई इलेक्ट्रोनिक पावर नियन्त्रकद्वारा व्यवस्थित गरिन्छ । पेटेन्टका अनुसार, यसले ब्याट्री प्याकद्वारा डेलिभर गरिएको विद्युतीय ऊर्जाको प्रवाहलाई व्यवस्थापन गर्दछ, मोटरहरूको गति र प्रत्येक मोटरले उत्पादन गर्ने टर्कलाई नियन्त्रण गर्दछ ।
फोर्डको ईभी शिफ्टरमा साना मोटरहरू पनि राखिएको हुनेछ, जसले लिभर मार्फत फोर्स फिडब्याक प्रदान गर्दछ । चालकले गियर सिफ्ट गर्दा प्राप्त हुने कम्पनहरू महसुस गर्न सक्नेछन् ।
फोर्डले आफ्नो लोकप्रिय क्रसओभर इकोस्पोर्टलाई यूरोपमा पुनः उत्पादन गर्ने...
पोखरा – केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स...
फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...