हाम्रै नेपालमा : फोर्ड गाडी किन्ने ग्राहकले १० वर्ष सम्मको इन्धन खर्च समेत पाउने

काठमाडौं - फोर्ड गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले व्यहोर्ने भएको छ ।

फोर्डका नेपालको लागि आधिकारिक वितरक जीओ अटोमोबाइलले ग्राहकको चिन्तालाई सम्बोधन गर्दै यो योजना सार्वजनिक गरेको हो । 

अब फोर्डको सवारी साधन खरिद गर्दा उपभोक्ताले निःशुल्क १० वर्षसम्मको इन्धन खर्च पाउने छन्। यो अवधिभर उपभोक्ताले जति किलोमिटर गाडी चलाएपछि त्यसका लागि आवश्यक पर्ने इन्धन जीओ अटोमोबाइलले उपलब्ध गराउने छ।

यो स्किमले ग्राहकको ठूलो चिन्तालाई हल गरेको फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए । 

 ‘अहिले ग्राहकको मूख्य चिन्ता भनेकै महंगो इन्धन हो । यही चिन्तालाई सम्बोधन गर्न यो योजना ल्याएका हौं,’उनले भने । 

फोर्डको गाडी रोज्दा ग्राहकलाई विशेषगरी ५ फाईदा हुने कम्पनीले जनाएको छ । फोर्डका गाडी रोज्दा यात्रामा बाधा नहुने, न्यून स्पेयर पाट्स तथा मर्मत खर्च, उच्च रिसेल भ्यालु हुने, चार्जिङ स्टेशनको चिन्ता नहुने र व्याट्री फेर्नुपर्ने जस्ता अत्याधिक खर्चको चिन्ता नहुने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचारहरू

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ । पछिल्ला केही दिनदेखि यसको...

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण...

२७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सहित फोर्ड इभोस सार्वजनिक

२७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सहित फोर्ड इभोस सार्वजनिक

सांघाई अटो शोमा धेरै नयाँ मोडेलहरू सार्वजनिक भए । उक्त शोमा फोर्ड इभोस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...