फोर्सको अर्वानिया भ्यान नेपाल आउने, यस्तो छ विशेषता

फोर्स मोटर्सले एक स्टाइलिस, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्न अर्वानिया भ्यान सार्वजनिक गरेको छ । फोर्स अर्बानिया एसयूभी र एमपीभी अनुभव प्रदान गर्ने भ्यान हो। यसको बडी डिजाइन आकर्षक देखिएको छ। यसमा सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, एलईडी सिग्नेचर ल्याम्पको साथै लाइट गाइड टेक्नलोजी समावेश गरिएको छ।

यो गाडी मर्सिडिज– डिराइभ्ड एफएम २.६ सीआर ईडी टीसीआईसी डिजेल इन्जिनद्वारा संचालित छ। उक्त इन्जिनले ११५ एचपी पावर र ३५० एनएम पिक टर्क जेनेरेट गर्छ।

यसैगरी सुरक्षाका फिचरहरुमा हिलहोल्ड असिस्ट, ईएसपी, एबीएस, ईबीडी, ईटीडीसी, अल ह्विल भेन्टिलेटेड डिस्क ब्रेक उपलब्ध छ। अर्बानिया भ्यान १०, १३ र १७ सिटर क्षमता गरी तीन अप्सनमा उपलब्ध छ।

आरामदायी यात्राको लागि भ्यानमा सिट अनुसार एसी भेन्ट, रिक्लानिङ सिट, हरेक प्यासेन्जरको लागि बत्ती र यूएसबी चार्जिङ पोर्ट तथा सिल्ड प्यानोरामिक विन्डोको साथै वेस्ट इन क्लास क्याविन र स्ट्यान्डिङ स्पेस रहेको छ।

यस्तै लाइट गाइड टेक्नोलोजीमा आधारित एलईडी सिग्नेचर टेलल्याम्प पनि उपलब्ध छ भने एरोडाइनामिकल्ली डिजाइन बडी रहेको छ। साथै यसमा भेरिएन्ट अनुसार ३३५०–४४०० एमएमसम्मको ह्विलबेस छ। यसैगरी स्टेट अफ द आर्ट फ्रन्ट सस्पेन्सन उपलब्ध छ।

पहिलो पटक सन् २०२० मा सम्पन्न अटो एक्सपोमा सार्वजनिक गरिएको यस प्रकारको भ्यान केही दिन पहिले भारतको इन्दौरमा भएको डिलर मिटमा लन्च गरिएको थियो। भारतमा यसको सुरुवाती मूल्य २८ लाख ५० हजार भारु तोकिएको छ ।

नेपालमा आयाम इन्टरकन्टिनेन्टलले फोर्सका गाडी बिक्री–वितरण गरिरहेको छ । नेपालमा आउने मोडलको वारेमा भने केही बताइएको छैन । आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले आगामी दिनमा यो गाडी नेपालमा समेत आउने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । यद्यपि कुन मोडल आउछ र यसको मूल्य कति पर्छ भन्ने वारेमा भने पछि नै सार्वजनिक हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...

१२३ वर्ष पहिले यसरी जन्मेको थियो कार निर्माता कम्पनी फियाट

१२३ वर्ष पहिले यसरी जन्मेको थियो कार निर्माता कम्पनी फियाट

काउन्ट इमानुएल काचेरानोले घोडाविहीन सवारी व्यवसायका लागि एक जना...

हाम्रै नेपालमा : फोर्ड गाडी किन्ने ग्राहकले १० वर्ष सम्मको इन्धन खर्च समेत पाउने

हाम्रै नेपालमा : फोर्ड गाडी किन्ने ग्राहकले १० वर्ष सम्मको इन्धन खर्च समेत पाउने

काठमाडौं – फोर्ड गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...