फोर्स गोर्खाको ५ डोर संस्करण भारतमा लन्च, यस्तो छ विशेषता

फोर्स मोटर्सले भारतमा अफ रोडर एसयूभी गोर्खाको ५ डोर संस्करण लन्च गरेको छ । यसको मूल्य १८ लाख भारु राखिएको छ । कम्पनीले कारको बुकिङ सुरु गरिसकेको छ ।

नयाँ गोर्खामा ३ डोर संस्करणभन्दा ४२५ एमएम लामो ह्विलबेस रहेको छ । यसमा कम्पनीले ३ वर्ष तथा १.५ लाख किलोमिटर वारेन्टी दिएको छ । ५ डोर गोर्खाले आगामी थार ५ डोर र सुजुकी जिम्नीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ गोर्खामा २.६ लिटर ४ सिलिन्डर डिजेल इन्जिन जडान गरिएको छ । कम्पनीले यसको इन्जिन रिट्युन गरी यसको पावर ५० प्रतिशत बढाएको छ । यसले अब १४० पीएसको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनको लागि यसमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ ।

नयाँ गोर्खाको लम्बाई ४३९० एमएम, चौडाई १८६५एमएम, उचाई २०९५ एमएम र ग्राउन्ड क्लियरेन्स २३३ एमएम छ । यसको तौल ३१२५ किलोग्राम र फ्युल ट्यांक क्षमता ६३.५ लिटर रहेको छ ।

कारको फ्रन्टमा कर्नरिङ र फलो मी होम फङसनको साथ एलईडी डीआरएल र गोलाकार एलईडी हेडलाइट दिइएको छ । साइड प्रोफाइलमा यसको लम्बाइ बढाइएको छ । यसमा स्क्वायर अफ ह्विल आर्च, फ्याक्ट्री फिट स्नोकर्ल्स, रूफ रेल र नयाँ १८ इन्च ड्युअल टोन अलोय ह्विल दिइएको छ । कारको रियरमा टेलगेट माउन्ट गरिएको स्पेयर ह्विल र एलईडी टेललाइट दिइएको छ । सो एसयूभी ४ रङमा उपलब्ध छ ।

फोर्स गोर्खा ५ डोर मोडलको ड्यासबोर्ड पुरानो मोडलको जस्तै रहेको छ, तर ७.० इन्चको युनिटको सट्टामा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा नयाँ ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

यसमा डिजिटल ड्राइभर डिस्प्ले, पावर ओआरभीएम, टिल्ट र टेलिस्कोपिक एडजस्टेबल स्टेयरिङ ह्विल, रुफ माउन्टेड रियर भेन्टसहित म्यानुअल एसी र अल पावर विन्डोज जस्ता फिचर दिइएको छ । सेफ्टीका लागि कारमा ड्युअल फ्रन्ट एयरब्याग, थ्री पोइन्ट सिट बेल्ट, ट्रयाक्सन कन्ट्रोल, हिल–होल्ड असिस्ट र रियर क्यामेरासहितको टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ ।

सम्बन्धित समाचारहरू

फोर्सको अर्वानिया भ्यान नेपाल आउने, यस्तो छ विशेषता

फोर्सको अर्वानिया भ्यान नेपाल आउने, यस्तो छ विशेषता

फोर्स मोटर्सले एक स्टाइलिस, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्न...

फोर्डको प्राथमिकतामा हाईब्रिड गाडी, ईभी उत्पादनमा ढिलाई गरिने

फोर्डको प्राथमिकतामा हाईब्रिड गाडी, ईभी उत्पादनमा ढिलाई गरिने

फोर्ड मोटरले इलेक्ट्रिक एसयूभी र पिकअप ट्रकहरूको उत्पादनमा ढिलाइ गर्ने...

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...