ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको । युरोपेली कार बजारमा सो फ्युलको प्रयोग भइरहेको छ । जसको नाम फ्लेक्स फ्युल राखिएको छ । बढ्दो प्रदूषण र महँगो पेट्रोल तथा डिजेलको कारण फ्लेक्स फ्युल राम्रो विकल्प हुनेछ । फ्लेक्स फ्युल के हो र यो कसरी लाभदायक हुन्छ ? जानौं ।

फ्लेक्स फ्युल इन्टरनल कम्बसन फ्युल हो । यो पेट्रोल र डिजेल जस्तै हुन्छ । यो पेट्रोल र इथानोलको संयोजनबाट तयार हुन्छ र यसमा पेट्रोलको अंश पनि हुन्छ । सवारी साधनमा फ्लेक्स फ्युल प्रयोगको लागि सवारी साधनलाई फरक किसिमले डिजाइन गर्नुपर्छ । तर, फ्लेक्स फ्युल इन्जिन गाडीमा डिजेल वा पेट्रोल राख्न सकिन्छ ।

फ्लेक्स फ्युलको मूल्य प्रति लिटर करिव १५० रुपैयाँको हाराहारी हुन्छ । साथै, यसले प्रदूषण पनि धेरै कम गर्छ । फ्लेक्स फ्युलले इन्जिनको आयु पनि धेरै लामो हुन्छ ।

फ्लेक्स फ्युलको बारेमा २ प्रकारका धारणा बाहिर आएका छन् । एकातिर विज्ञहरू ५ वर्षअघि फ्लेक्स फ्युल आएको भए कुरा अर्कै हुने र अहिले ईभीको जमाना भएको बताउँछन् । अर्कोतर्फ, इलेक्ट्रिक कार खरिद गर्न नसक्नेलाई फ्लेक्स फ्युल राम्रो विकल्प हुने बताउँछन् ।

फ्लेक्स फ्युल प्रयोग गर्ने पहिलो कम्पनी होन्डा हो । कम्पनीले यो फ्युलको कार छिट्टै बजारमा ल्याउनेछ । कम्पनीले आफ्नो सबैभन्दा लोकप्रिय मोडल होन्डा एक्टिभामा फ्लेक्स फ्युल इन्जिन प्रयोग गर्ने चर्चा छ । होन्डाका साथै टोयोटाले पनि छिट्टै आफ्नो कोरोला वा क्यामरीको फ्लेक्स फ्युल भेरिएन्ट भारतमा सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

१० हजार छुटमा याडियाका दुई स्कुटर, यस्तो छ मूल्य र पर्फमेन्स

१० हजार छुटमा याडियाका दुई स्कुटर, यस्तो छ मूल्य र पर्फमेन्स

काठमाडौं– इलेक्ट्रिक स्कुटर याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु...

हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने

हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने

काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...