यस्ताेे छ विश्वलाई चकित बनाइरहेकाे हातको इशारामा नाच्ने कार

चीनको अग्रणी अटोमोबाइल कम्पनी बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड याङवाङले आफ्नो नयाँ इलेक्ट्रिक कार याङवाङ यु७ सार्वजनिक गर्दै संसारकै पहिलो ‘नाच्ने कार’को रूपमा चर्चा कमाएको छ। मालिकको हातको इशारामा कार नाचेजस्तो देखिने भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त भिडियोमा याङवाङ यु७ कार आफ्नो अगाडि उभिएको व्यक्तिको हात हल्लाउने शैलीअनुसार उफ्रिँदै, झुक्दै र नाचेजस्तो हल्लिँदै गरेको देखिन्छ। सो भिडियो एक्स प्लेटफर्ममा साझा भएपछि विश्वभरका कार प्रेमीहरूबीच ठूलो चासोको विषय बनेको छ। धेरैले यसलाई विज्ञान कथाजस्तै अनुभव भनेका छन्, तर यो पूर्ण रूपमा वास्तविक प्रविधिमा आधारित भएको कम्पनीले जनाएको छ।

याङवाङ यु७ को यो अनौठो ‘नृत्य’ कुनै जादू होइन, बरु बीवाईडीको अत्याधुनिक प्रविधिको परिणाम हो। कारमा जडान गरिएका उच्च संवेदनशील सेन्सरहरूले चालक वा मालिकको हातको इशारालाई पहिचान गर्छन् र त्यसअनुसार सस्पेन्सन प्रणालीलाई निर्देशन दिन्छन्। यही प्रविधिका कारण कारका प्रत्येक पाङ्ग्रा स्वतन्त्र रूपमा माथि–तल र दायाँ–बायाँ चल्न सक्छन्, जसले कारलाई नाचिरहेको जस्तो दृश्य सिर्जना गर्छ।

याङवाङ यु७ मा ४ वटा इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा १३४१ हर्सपावर उत्पादन गर्छ । कारले मात्र २.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ। यसमा रियर ह्विल स्टेयरिङ प्रविधि पनि समावेश गरिएको छ ।

यसमा १५० किलोवाट आवर क्षमताको ठूलो ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा १००६ किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। कम्पनीका अनुसार सो कारले १०० किलोमिटर यात्रा गर्न मात्र १७.७ किलोवाट आवर बिजुली खपत गर्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट

बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट

बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ...

बीवाईडीको ब्लेड ब्याट्री सुरक्षित रहेको प्रमाणित, यसरी गरियो नेल पेनेट्रेसन परिक्षण

बीवाईडीको ब्लेड ब्याट्री सुरक्षित रहेको प्रमाणित, यसरी गरियो नेल पेनेट्रेसन परिक्षण

काठमाडौं– बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ब्लेड...

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...