हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने

काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको छ । केही दिन अघिमात्र सांघाई लञ्च अटोमोटीभको प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी – ०१ नेपाल ल्याउने घोषणा गरेको वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले हेलमार्ब अटोका लाइट कमर्सियल ईभी भित्राउन लागेको हो ।

हेलमार्ब ब्राण्डको ११ सिट क्षमताको एचई६, १४ सिट क्षमताको एच एचई७ र सी– कार्गो मोडल नेपाल आउने कम्पनीले जनाएको छ ।

प्योर ईभी प्लेटफर्ममा निर्मित एचई सिक्स– ११ मा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । यो भ्यानले ३०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै एचई सभेन– १४ सीटर प्यासेन्जर भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । यो गाडीले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एचई सभेन सी– कार्गो भ्यानमा पनि ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । १.२ टन सम्मको लोड क्षमता रहेको गाडीले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...

खतरनाक पनि हुन सक्छन् कारमा भएका सेफ्टी फिचर

खतरनाक पनि हुन सक्छन् कारमा भएका सेफ्टी फिचर

कारमा सेफ्टी फिचर सामान्य बन्दै गएको छ । कारको सेफ्टी फिचरले कारमा यात्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...