प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने
काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको छ । केही दिन अघिमात्र सांघाई लञ्च अटोमोटीभको प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी – ०१ नेपाल ल्याउने घोषणा गरेको वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले हेलमार्ब अटोका लाइट कमर्सियल ईभी भित्राउन लागेको हो ।
हेलमार्ब ब्राण्डको ११ सिट क्षमताको एचई६, १४ सिट क्षमताको एच एचई७ र सी– कार्गो मोडल नेपाल आउने कम्पनीले जनाएको छ ।
प्योर ईभी प्लेटफर्ममा निर्मित एचई सिक्स– ११ मा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । यो भ्यानले ३०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
त्यस्तै एचई सभेन– १४ सीटर प्यासेन्जर भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । यो गाडीले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
एचई सभेन सी– कार्गो भ्यानमा पनि ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ । १.२ टन सम्मको लोड क्षमता रहेको गाडीले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल...
बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...