एमजीका विभिन्न मोडलको इन्जिनियरिङ आधार वुलिङ, विभिन्न ब्रान्डमा प्रयोग हुँदै
विश्व अटोमोबाइल उद्योगमा एउटै प्लेटफर्म, इन्जिनियरिङ प्रविधि र उत्पादन...
काठमाडौं —एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ ।
असोज ६ गते देखि छठ पर्वसम्म लागू हुने ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार, यस अफरमा एमजी एचएएस प्लग–इन–हाइब्रिड एमजी यू९ ईभी, एमजी आईएम६, एमजी एस६ ईभी, एमजी एस५ ईभी र एजमी४ ईभी लगायतका मोडलहरू समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस प्लग–इन–हाइब्रिड/हाईब्रिड ईभीले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्ने जनाइएको छ । त्यसैगरी, एमजी यू९ ईभी क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको ४X४ इलेक्ट्रिक पिकअप हो ।
एमजी एस६ ईभीमा १८० किलोवाट क्षमताको मोटर, रियर ह्विल ड्राइभ, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ । त्यस्तै, ग्राहकमाझ लोकप्रिय एजजी एस५ ईभी ४३.९९ लाखदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र रियर ह्विल ड्राइभ तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनी भनाई छ ।
यस अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन ग्राहकहरुलाई पारामाउण्ट मोटर्सले आफ्नो नजिकको एमजी शोरुममा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...