इलेक्ट्रिक टु ह्विलरमा भारतीय ब्रान्डको वर्चश्व वढ्दै

गत साउन पहिलो साता आईएमई इलेक्ट्रिकले ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट ब्रान्डका इलेक्ट्रिक स्कुटर हस्तान्तरण ग¥यो । आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले राफ्ट ब्रान्डका भारतीय इलेक्ट्रिक स्कुटर औपचारिक रुपमा नेपालमा अझै भित्र्याएको छैन । यसका लागि आवश्यक तयारी भइरहेको कम्पनीको भनाइ छ । तर यो भन्दा पहिले नै नेपाली बजारमा यसको चर्चा चुलिएको छ ।

भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा हालै उपलब्ध भएका छन् । गत असोज ६ देखि ९ गते सम्म आयोजित नाडा ईभी एक्सपो २०२२ मा जोय ई–बाइकका विभिन्न मोडल सार्वजनिक गरिएका थिए । महावीर अटोमोबाइल्सले यी इलेक्ट्रिक बाइक नेपाली बजारमा छिट्टै नै आधिकारिक रुपमा लन्च गर्ने बताएको छ ।

पहिले इलेक्ट्रिक स्कुटर मात्र उपलब्ध भइरहेकोमा पछिल्लो समयमा नेपाली बजारमा इलेक्ट्रिक बाइक समेत प्रशस्तै भित्रिन थालेका छन् । जोय र कोमाकी लगायतका विभिन्न ब्रान्डका इलेक्ट्रिक बाइक नेपाली बजारमा उपलब्ध छन् ।

इलेक्ट्रिक टु ह्विलरमा चिनियाँ ब्रान्डको वर्चश्वलाई भारतीय ब्रान्डले चुनौती दिन थालेका छन् । नेपालमा हाल २ दर्जन बढी इलेक्ट्रिक टु ह्विलरको कारोबार हुँदै आइरहेकोमा भारतीय ब्रान्डको हिस्सा समेत आधाआधी हाराहारीमा आइपुगेको हो । विक्री परिणाममा भने अझै पनि चिनियाँ ब्रान्ड नै अघि रहेको प्रष्ट देखिन्छ ।

नेपाली बजारमा अहिले ओलादेखि ओकिनावा, प्योर इभी, राफ्ट, हिरो इलेक्ट्रिक, कोमाकी र जोय सहित एकदर्जन हाराहारीमा भारतबाट इलेक्ट्रिक टु ह्विलर ब्रान्ड आयात भैरहेका छन् । भारतमा पछिल्लो समय हरेक महिनाजसो कुनै न कुनै नयाँ ब्रान्डको यस्तो ईभी सार्वजनिक भैरहेका कारण यो संख्या भोलिका दिनमा अझै बढेर जाने निश्चित भएको छ ।

भारतमा उत्पादन भएर नेपाल आउने प्रतीक्षामा रहेका प्रख्यात ब्रान्ड बजाज चेतक, टीभीएस आइक्यूव र हिरो भिडा सहित अन्य थुप्रै ब्रान्ड समेत ढिलोचाँडो नेपाल आउने नै छन् । यसले नेपालको इलेक्ट्रिक टु ह्विलर बजार भारतीय ब्रान्डको नियन्त्रमा पर्ने अनुमान लगाउन सकिन्छ ।

फोर ह्विलर जत्तिकै लोकप्रिय नवनेपनि नेपालमा इलेक्ट्रिक टु ह्विलरको बजार विस्तारै उकालो लाग्दै गैरहेको छ । यसमा पनि इलेक्ट्रिक स्कुटरमा ग्राहकको आकर्षण बढिरहेको प्रष्ट हुन्छ । यसै महिनाको असोज ६ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना भएको पहिलो ईभी एक्सपोमा सवैभन्दा बढी सहभागिता इलेक्ट्रिक टु ह्विलरबाटै रहेको थियो ।

उक्त एक्सपोमा दर्शकले विद्युतबाट चल्ने यस्ता साधनलाई रुचिपूर्वक अवलोकन गरेका थिए । एक्सपो स्थलबाटै भारतको चर्चित ओला स्कुटर समेत लन्च गरिएको थियो । यो स्कुटरलाई सिजी मोटर्सले नेपाल भित्र्याएको हो ।

प्योर ईभीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल नेपाली बजारमा बिक्री–वितरण गरिरहेको ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले ईभी एक्सपोबाट दर्शकहरुमा इलेक्ट्रिक सवारीप्रति अझै बढी विश्वसनियता बढेको बताए । ब्रान्ड प्रवद्र्धन मात्र लक्ष्य भए पनि एक्सपोकै कारण इलेक्ट्रिक बाइक र स्कुटरको बिक्री समेत बढेको उनको भनाइ छ ।

खड्गीका अनुसार भारतमा लामो समय देखि इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउदै आएका प्रतिष्ठित कम्पनीका उत्पादन नेपालमा आएका र आफ्टर सेल्स तथा स्पेयर पार्ट्स उपलब्धता आदिमा भारतीय ब्रान्डले सहजता प्रदान गर्छन् । यो कुरामा कोमाकी ईभीको बिक्री–वितरण गर्दै आएको युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर उमेश अधिकारी पनि समर्थन जनाउछन् । उनका अनुसार भारतबाट अन्य देशको तुलनामा छिट्टै नै स्पेयर पार्ट्स उपलब्ध हुने र नेपाल तथा भारतका बीच धेरै कुरामा समानता भएकाले भारतका इलेक्ट्रिक स्कुटर नेपाली बजारका लागि उपयुक्त छन् ।

बजारमा भारतीय ब्रान्डका इलेक्ट्रिक स्कुटरको वर्चश्व बढ्दै गएपनि यी मध्ये अधिकांश व्रान्डमा निम्तिएको आगालागी घटना र अगाडिको सस्पेन्सन नै भाँचिने लगायत घटनाले यस्ता स्कुटरको गुणस्तरमा भने ग्राहकले शंका गर्दै आइरहेका छन् । भारतमा यस्ता साधनको उत्पादन भर्खरै शुरुवात भएको र यो परीक्षणकै क्रममा रहेको कारण पनि गुणस्तरलाई लिएर शंका गर्न थालिएको हो । जसले नेपाली बजारलाई समेत प्रभावित बनाउँदै लगेको छ ।

तर हाल भारतमा एआईएस १५६ अनुसार इलेक्ट्रिक सवारी साधनलाई अपग्रेड गर्नुपर्ने अनिवार्य व्यवस्था सरकारले गरेको र त्यसै अनुसारका उत्पादन उपलब्ध हुने भएकाले त्यस्तो समस्या नहुने कम्पनीहरुको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

मुस्ताङबाट प्रस्थान गर्ने तयारीमा जेइको जे५ र जे६ ईभी

मुस्ताङबाट प्रस्थान गर्ने तयारीमा जेइको जे५ र जे६ ईभी

काठमाडौं पहिलो पटक मुस्ताङको कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी...

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...