याडियाको सस्तो स्कुटर आउँदै, १० हजारमा वुकिङ गर्न सकिने
याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो...
इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी सार्वजनिक गरेको छ । कम्पनीले विगत केही समययता यसको वुकिङ लिँदै आइरहेकोमा आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक कारको औपचारिक लन्च गरेको हो ।
नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमश २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ शोरुम संचलानमा आएसंगै ग्राहकले शोरुममै गएर गाडीको अवलोकन र टेष्ट ड्राइभ समेत गर्न पाउने कम्पनीका साहयक महाप्रवन्धक एनके सरदले बताए ।
वुलिङ इभीले इन्डोनेसियामा एसएआइसी र जीएमसंगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । यो कार इन्डोनेशियाली बजारमा निकै लोकप्रिय रहेको छ । फोर सिटर र थ्री डोर यो ह्याचव्याकलाई कम्पनीले ग्लोवल स्मार्ट इलेक्ट्रिकल भेइकल प्लेटफर्मममा बनाएको हो ।
सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ । यसमा उपलब्ध गराइएको व्याट्रीलाई ४ घण्टमा फुल चार्ज गर्न सकिन्छ भने उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि दिएको छ ।
इभी नेपाल मोटर्सले लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत आयत गरी कारोवार गर्दै आइरहेको छ । यो वज्र ग्रुप अन्तर्गतको अटोमोवाइल डिभिजन हेर्ने कम्पनी हो ।
याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो...
हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक १४ लाख रुपैयाँले कमी भए पछि यसको चर्चा...
काठमाडौं – नेपालमै सबैभन्दा मनपर्ने र सांस्कृतिक रुपमा गहिरो ठाउँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...