मुस्ताङबाट प्रस्थान गर्ने तयारीमा जेइको जे५ र जे६ ईभी

काठमाडौं पहिलो पटक मुस्ताङको कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी काठमाडौंका लागि प्रस्थान गर्ने तयारीमा छन् । रसुवा र तातोपानी नाका बाढी पहिरोले अबरुद्ध भए पछि सोमबार देखि यो नाका सञ्चालनमा आएको हो । त्यसपश्चात जेइको जे५ र जे६ ईभी पनि यही रुट हुँदै नेपाल भित्रिएका हुन् ।

मुस्ताङबाट यी गाडी प्रस्थान गरेका र अबको दुई दिन भित्रमा काठमाडौं भित्रिने ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जनाएको छ ।

नेपाली बजारमा जेइको जे६ पहिले देखि नै उपलब्ध थियो भने जे५ केही समय पहिले सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

यी दुई गाडीमा हाल दशै तिहारको अवसरमा विशेष छुट समेत प्रदान गरिएको छ । एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ ।

अफर अन्तर्गत जेइको जे५ को मूल्य ५६ लाख ९९ हजार र जे६ को मूल्य ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः ६० लाख ९९ हजार र ६९ लाख ९९ हजार रुपैयाँ थियो । यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश गरिएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ यस अफरमा शर्त तथा नियम लागू हुने कम्पनीको भनाई छ ।

जेइको जे५ मा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटर रेन्ज प्रदान गर्छ ।

जेइको जे६ हल्का अफरोड एसयूभी हो, जसमा १३५ किलोवाट क्षमताको मोटर र ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यस एसयुभीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं – लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच...

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतको अटोमोबाइल बजारमा चिनियाँ कम्पनी बीवाईडीले ऐतिहासिक उपलब्धि...

अब नेपाली बजारमा आउँदै छ तीन पांग्रे इलेक्ट्रिक सवारी आईट्यांक

अब नेपाली बजारमा आउँदै छ तीन पांग्रे इलेक्ट्रिक सवारी आईट्यांक

काठमाडौं – दुई पांग्रे इलेक्ट्रिक सवारी साधन धमाधम नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...