यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ । सेरेस व्रान्डलाई नेपाल ल्याउन एमएडव्लु ग्रुपले उत्पादक कम्पनीसंग सम्झौता समेत गरिसकेको छ । अवको केही महिनापछि यसको ई३ एसयूभी नेपाल आउने एमएडव्लु स्रोतले वताएको छ ।

४०५ किलोमिटर रेन्ज दिने दावी गरिएको यो मिड साइज एसयूभीमा ५३.६१ किलोवाट आवर क्षमताको व्याट्री जडान गरिएको छ भने यसको पिक पावर १०० किलोवाट रहेको छ । ६.६ किलोवाटको एसी चार्जरले ८ घण्टामा फुल चार्ज गर्न सकिने ई३ लाई डिसी फास्ट चार्जरको साहयतामा ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो इलेक्ट्रिक एसयूभीलाई १५५ किलोमिटर प्रति घन्टाको उच्च गतिमा हाँक्न सकिने जनाइएको छ । यसको ह्विलवेश २६५५ र ग्राउन्ड क्लिरियन्स १८० एमएम रहेको छ । ई३ मा १८ इन्चको आकर्षक अलोई ह्विल दिइएको छ ।

यसको इन्टेरियर निकै आकर्षक र आरामदायी रहेको वताइएको छ । यसको ड्यासवोर्डमा १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ बे्रक, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, हिटेड फ्रन्ट सिट, प्यानारोमिक सनरुफ, हिल असिस्ट, अटो होल्ड र ६ वटा एयरब्याग लगायत फिचर पाउन सकिन्छ ।

यो नयाँ एसयूभीले नेपाली बजारमा हुन्डाई कोना, विवाइडी एट्टो३ र एमजी जेडएस इभीसंग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । नेपाली बजारमा यो एसयूभी कति मूल्यमा आउँछ भन्ने विषयमा जानकारी पाउन केही समय कुर्नु पर्नेछ ।

सम्बन्धित समाचारहरू

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि...

एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र

एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र

कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका...

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...