अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे - अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ ।

गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो ।

उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तारकार्य अधुरो अवस्थामा रहेको हो ।

कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पीचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुल बजार–जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्र गरिएको छ, भने पीचकार्यलाई तीव्रता दिइएको हो । यसअघि गत मङ्सिर तेस्रो साता डेढवर्षदेखि रोकिएको सूर्यबिनायक–धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नतीकार्य सुरु गरिएको थियो ।

पुल बजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नतीकार्यलाई केही विषयमा सम्झौता गरेपछि प्ुनःनिरन्तरता दिने सहमति भएको थियो ।

सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताए। उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका र भत्काउने प्रक्रिया भइरहेको छ ।

आयोजनाका इञ्जीनीयर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ । उनका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ बाँया लेनको कालोपत्रको तयारी भइरहेको छ ।

यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कट्टिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको उहाँले जानकारी दिए ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा– ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि छ लेनमा विस्तार थालिएको हो ।

सम्बन्धित समाचारहरू

सडक यातायात सहज, उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

सडक यातायात सहज, उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

मुस्ताङ – विसं २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो...

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

काठमाडौँ – गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक...

विनयी खोलामा आएको बाढीले बस बगायो, तीन शिशुसहित ३८ यात्रुकाे सकुशल उद्धार

विनयी खोलामा आएको बाढीले बस बगायो, तीन शिशुसहित ३८ यात्रुकाे सकुशल उद्धार

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...