हिरोले ल्यायो सेगमेन्टमै सबैभन्दा बढी सुविधा भएको एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन बाइक

हिरो मोटोकर्पले भारतमा नयाँ २०२६ हिरो एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन आधिकारिक रूपमा लन्च गरेको छ। यो अपडेटसँगै एक्स्ट्रिम १६०आर ४भी १६० सीसी सेगमेन्टमा सबैभन्दा धेरै सुविधा भएको मोटरसाइकल बनेको छ।

कम्पनीले यसमा क्रुज कन्ट्रोल, राइड–बाइ–वायर थ्रोटल, तीनवटा राइड मोड र पूर्ण रंगीन डिजिटल डिस्प्लेसहितका धेरै नयाँ सुविधा थपेको छ। नयाँ मोडलको एक्स–शोरूम मूल्य १ लाख ३४ हजार १०० रुपैयाँ तोकिएको छ।

नयाँ एक्स्ट्रिम १६०आर ४भीमा हिरोको ठूलो बाइक एक्स्ट्रिम २५०आर बाट प्रेरित एलईडी हेडल्याम्प दिइएको छ, जसले अगाडिको भागलाई निकै आक्रामक र स्पोर्टी बनाएको छ । साथै फ्रन्टमा गोल्डन यूएसडी फोर्क, रियरमा रेड मोनोशर्क, फ्युल ट्याङ्कमा नयाँ ग्राफिक्स, साइड ट्याङ्कले यसको प्रिमियम लुक्सलाई अझ आकर्षक बनाएको छ ।

सो बाइकमा रेन, रोड र स्पोर्ट गरी तीनवटा राइड मोड दिइएको छ । साथै यसमा पहिलो पटक राइड बाइ वायर इलेक्ट्रोनिक थ्रोटल, क्रुज कन्ट्रोल, एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरमा ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन जस्ता फिचर दिइएको छ । क्रुज कन्ट्रोल चलाउन यसमा छुट्टै स्विचगियर पनि थपिएको छ।

यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा १६३.२ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले १६.९ बीएचपी पावर र १४.६ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ।

सम्बन्धित समाचारहरू

अपडेटेड २०२४ हिरो एक्सट्रिम १६०आर ४भी लन्च

अपडेटेड २०२४ हिरो एक्सट्रिम १६०आर ४भी लन्च

हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ ।...

हिरोको १२५ सीसीको स्कुटर अब नेपालमा, मूल्य २ लाख ६६ हजार

हिरोको १२५ सीसीको स्कुटर अब नेपालमा, मूल्य २ लाख ६६ हजार

काठमाडौं – नेपाली बजारमा पहिलो पटक हिरोले १२५ सीसीको स्कुटर उपलब्ध गराएको...

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...