नाडा अटो शोमा हुनेछन् यी नयाँ इलेक्ट्रिक कार

आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा इलेक्ट्रिक कारको वाहुल्यता रहने देखिएको छ । शोमा विभिन्न ब्रान्डका आधा दर्जन बढी मोडलका इलेक्ट्रिक कार सार्वजनिक हुने पक्कापक्की जस्तै भएको छ भने हाल बिक्री भइरहेका अधिकांश ईभी समेत प्रदर्शनीमा रहनेछन् ।

अटो शोमा किया, बीवाईडी, एमजी, टाटा, महिन्द्रा, सेरेस र मेक्सस लगायत ब्रान्डले नयाँ ईभी सार्वजनिक गर्ने तयारीलाई तीव्र वनाएका छन् । कियाले आफ्नो वहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक कार ईभी ६ को बिक्री मेलास्थलबाट शुरु गर्ने जनाएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले हाल यसको बुकिङ लिँदै आएको छ । कम्पनीले ईभी ६ को मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, एट्टो ३ को बिक्री शुरु भएसँगै नेपालको ईभी बजारमा स्थापित ब्रान्ड वन्न सफल बीवाईडीले डल्फिन कारलाई पहिलोपटक मेला स्थलबाटै औपचारिक लन्च गर्ने योजना बनाएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हाल सो ईभीको सडकमा परीक्षण गरिरहेको छ । डल्फिनमा ४४.९ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर जडान गरिएको छ । सो ईभीले एकपटकको सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने दावी छ ।

एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी ४ इलेक्ट्रिक ह्याचब्याकको औपचारिक लन्च समेत मेला स्थलबाटै गर्ने तयारी गरेको छ । केही दिन पहिले नेपाल भित्रिएको सो ईभीलाई कम्पनीले अहिले सडकमा परीक्षण गरिरहेको छ । बीवाईडी डल्फिनसँग सिधा टक्कर गर्ने अनुमान गरिएको एमजी ४ मा ५०.८ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सो ईभीले एकपटकको सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

टाटाको वहुतीक्षित इलेक्ट्रिक ह्याचव्याक टियागो अटो शोमा आउने अर्को इलेक्ट्रिक कार हो । भारतमा लन्च भएलगत्तै नेपाली ईभी पारखीको प्रतीक्षामा रहँदै आएको सो नयाँ कार २५ लाख हाराहारीमा आउने आँकलन गरिएको छ । टियागो ईभी आएपछि ग्राहकलाई कम मूल्यमा राम्रो ईभी खरिद गर्न पाउने अवसर प्राप्त हुने सहजै अनुमान गर्न सकिन्छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ । सानो ह्याचव्याक भएपनि यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले लामो समयको प्रतीक्षा पश्चात आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० लाई पनि अटो शो मार्फत नै सार्वजनिक गर्ने योजना बनाएको छ । एक्सयूभी ४०० आएपछि यसको सिधा प्रतिस्पर्धा टाटा नेक्सन ईभीसँग हुने देखिन्छ ।

महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्नेछन् ।

यसैगरी, अटो शोमा सेरेस र मेक्सस ब्रान्डका नयाँ इलेक्ट्रिक कार सहित पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन् । यी दुवै चिनियाँ ब्रान्ड मध्ये सेरेसलाई एमएडव्लु वृद्धि अटोकर्प र मेक्ससलाई एमजी गाडी बिक्री गर्दै आएको पारामाउन्ट मोटर्सले आधिकारिक विक्रेताका रुपमा नेपाल भित्र्याउन लागेका हुन् ।

सेरेस ३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ४०५ किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सेफ्टी फिचरको रुपमा ६ वटा एयरब्याग, ईएसपी, ईबीएस र ईबीडी, हिल लन्च असिस्टेन्स, अटो होल्ड, एचडीसी, टीपीएमएस, लेन डिपार्चर वार्निङ र ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा आदि छन् ।

पारामाउन्ट मोटर्सले ल्याउन लागेको मेक्सस ब्रान्डको मिफा ९ एक प्रिमियम स्तरको इलेक्ट्रिक एमपीभी हो । सो एमपीभीमा जडान गरिएको ९० किलोवाट आवरको ब्याट्रीले एकपटकको सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा रहेको मोटरले २४५ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । सो एमपीभीमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन चेन्ज असिस्ट, ३६० डिग्री पार्किङ क्यामेरा, एडेप्टिभ एलईडी लाइट, एलईडी हेडलाइट र अटोनोमस ब्रेकिङ सिस्टम जस्ता फिचर रहेका छन् ।

सम्बन्धित समाचारहरू

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ...

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...