फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी
फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री...
काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि सेप्टेम्बर १) सम्म हुने भएको छ । सोमबार बसेको नाडा पदाधिकारी बैठकले अटो शोको मिति तय गरेको हो ।
यसका लागि आवश्यक तयारी शुरु भएको छ । नाडाले एक सूचना प्रकाशित गर्दै स्टल बुकिङका लागि रजिष्ट्रेसन समेत खुला गरेको छ । नाडा अटो शो २०२४ मा सहभागी हुन चाहने कम्पनीहरुले जेठ ३१ गते बिहीबार देखि असार ५ गते बिहीबार सम्म रजिष्ट्रेसन गर्न सक्ने छन् । त्यसपछि लट्री ड्रद्वारा स्टल छनोट गरिने छ ।
नाडा अटो शोमा सधैको जस्तै दुई पांग्रे, चार पांग्रे र कमर्सियल सवारी साधन लगायत टायर, लुब्रिकेन्ट लगायत विभिन्न कम्पोनेन्टहरुको समेत सहभागिता हुनेछ ।
यस पटक इलेक्ट्रिक सवारी साधन पनि यसैमा प्रदर्शन हुनेछन् । नाडाले छुट्टै ईभी शो भने यस पटक गर्ने छैन ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो व्यवसायी र ग्राहक दुवैका लागि महत्वपूर्ण मानिन्छ । नयाँ सवारी साधन र यससँग सम्बन्धित विभिन्न पक्षको वारेमा आम सर्वसाधारणले जानकारी प्राप्त गर्ने थलोको रुपमा यसलाई लिइन्छ ।

फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री...
चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...
विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...