धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ । आर्थिक वर्ष २०८०\०८१ को भन्सार विभागको तंथ्याक अनुसार ४ हजार ५० वटा विद्युतीय सवारी आयात भएको छ ।

स्थानीय तहदेखि केन्द्र सरकारले विद्युतीय सवारीको लागि आवश्यक पर्ने पूर्वधार निर्माणको लागि विभिन्र कामहरू गर्दै आएका छन् । नेपाल विद्युतीय प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माण गरेको छ । त्योसँगै नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सहरमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा राखिएको चार्जिङ स्टेसन आइतबार देखि सञ्चालनमा आएको हो ।

धनगढीमा सञ्चालन गरिएको चार्जिङ स्टेसन १४० किलोवाट क्षमताको छ । चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुई वटा डिसी र २२ किलोवाटको एउटा एसी चार्जर राखिएको छ । सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

गाडी चार्ज शुल्क समेत निर्धारण गरिएको छ । बिहान र रातिको समयमा प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, दिउँसो ८ रुपैयाँ २८ पैसा र राति ११ बजेपछि ६ रुपैयाँ प्रतियुनिट शुल्क तोकिएको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसनमा राखिएको क्यूआर कोड स्क्यान गरी मोबाइल एपबाटै रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यी चार्जिङ स्टेसनमा सहयोगका लागि मानिस आवश्यक नपर्ने भएकाले 'म्यान लेस' भन्ने गरिएको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेकी थिइन् । देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत धनगढीमा चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचारहरू

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी...

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

काठमाडौं–जीरो इमिसन राइड एनले मनसुन सिजनलाई लक्षित गरी आफ्ना लोकप्रिय...

अन्ततः अमेरिकामा फ्लाइङ कारले पायो स्वीकृति, छिट्टै नै आकाशमा फ्लाइङ कार देख्न सकिने

अन्ततः अमेरिकामा फ्लाइङ कारले पायो स्वीकृति, छिट्टै नै आकाशमा फ्लाइङ कार देख्न सकिने

अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...