२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...
विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने पछिल्लो समय बजारमा इभीको माग उच्च गतिमा वढिरहेको छ । माग बढेसंगै आयतकर्ता कम्पनीहरुले पनि इभीलाई पहिलो प्राथमिकता दिन थालिसकेका छन् ।
नेपालमा इभीको आयतले कम्वसन गाडीलाई निकै पछि पारेको प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको ११ महिनामा आयत भएको कुल सवारीसाधनमा इभीको संख्या कम्वसनको तुलनमा निकै वढी छ । सो अवधीमा ३ हजार ८७० युनिट विद्युतिय कार नेपाल भित्रिँदा कम्वसनको संख्या २ हजार ४०० यूनिटमा मात्र सिमित हुन पुग्यो ।
ईभीलाई प्रवद्र्धन गर्न भन्दै सरकारले भन्सार र अन्तशुल्कमा छुट दिने निती लिएपछि इभीको बिक्री नेपालमा ह्वात्तै वढ्न थालेको हो । साथै आयतकर्ता कम्पनी र सरकारी निकायको पहलमा देशका विभिन्न स्थानहरुमा चार्जिङ पूर्वाधार विस्तार भइरहेका कारण पनि इभी किन्न चाहने ग्राहकको आत्मवल वढिरहेको छ ।
यसैगरी इभीको संचालन खर्च कम पर्नु र वैंक तथा वित्तिय संस्थाले ८० प्रतिशतसम्म लोन प्रवाह गर्नुजस्ता कारण पनि इभीको बिक्री वढीरहेको छ । जवकी कम्वसन गाडीमा कतिपय वैंकले लोन नै दिन छाडिसकेका छन् भने दिइहाले पनि ५० प्रतिशत मात्र प्रवाह हुँदै आएको छ । अर्कोतर्फ इभी र कम्वसन गाडीको कर्जामा लाग्ने व्याजदरमा समेत राम्रै अन्तर रहेको देखिन्छ ।
बजारमा इभीको माग बढ्दै गएको र कम्वसनको घट्दै गएपछि आयतकर्ता कम्पनीले पनि इभीकै आयतमा वढि जोड दिन थालेका छन् । जसलाई टाटा गाडीको आयतकर्ता सिप्रदी ट्रेडिङले भारतमा धेरै अघि लन्च भएको पन्चलाई नेपाल ल्याउन नचाहेबाट प्रष्ट हुन्छ । पन्च भन्दा धेरै पछि आएको टियागो इभीलाई छिटो ल्याउन आतुर देखिएको सिप्रदी स्रोतले पन्चलाई उपयुक्त समयमा नेपाल भित्राउने बताउँदै आएको छ ।
त्यसो त बजारमा माग नै कम भएका कारण पछिल्लो सयम नेपाल भित्रिएका सुजुकी ब्रेजा र ग्रान्ड भिटरा, महिन्द्रा एक्सयूभी ३०० र एक्यूभी ७०० एवं सिट्रोन सी३ जस्ता मोडलले अपेक्षित बजार लिन सकिरहेका छैनन् । कम्वसन गाडीलाई सरकारले लामो समयसम्म आयतमै प्रतिवन्ध लागएका कारण पनि यसको बजारले लय गुमाउँदै गएको अनुमान गर्न सकिन्छ ।
इभीको क्रेज वढिरहेको सन्दर्भमा एकातर्फ राज्य नै यसको प्रवद्र्धनमा लागिपरेको छ भने अर्कोतर्फ बजार ओरालो लाग्दै गएको कम्वसन गाडीमा विभिन्न तवरबाट कडाई गरिँदै लगिएको छ । जसका कारण नेपालमा इभीले कायम गरेको हालको लयलाई कम्वसनले चुनौती दिन निकै कठिन हुने प्रष्ट देखिन्छ ।
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...