एमजी एस५ ईभी : बेलायतको सबैभन्दा भरपर्दो सानो पारिवारिक इलेक्ट्रिक एसयूभी घोषित
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा...
काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड स्मार्टको इलेक्ट्रिक कार नेपाल भित्रिएको छ । कम्पनीले स्मार्ट–३ मोडललाई नेपाल ल्याएको हो । नाडा अटो शोमा स्मार्टका लागि स्टल नलिएका कारण यो कार अवोलकन गर्न भने पाइनेछैन ।
स्मार्ट–३ मा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । २ सय किलोवाट र ३ सय १५ किलोवाट पावरमा उपलब्ध स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २० देखि ४ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ ।
स्मार्ट को ह्वील बेस २७ सय ८५ एमएम रहेको छ। त्यस्तै यो कारको लम्बाई ४४ सय ४० एमएम, चौडाई १८ सय ४४ एमएम र उचाई १५ सय ५६ एमएम रहेको छ । सीजी मोटर्सले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा यसको मूल्य १ करोड २० लाख र १ करोड २२ लाख कायम गरिएको छ ।
सिजी मोटर्सले हाल नेटा र एवोन ब्रान्डका इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ भने स्मार्टसहित अवतार र एक्सपेङ ब्रान्डका ईभी बिक्री गर्ने तयारी गरिरहेको छ । यी मध्ये अवतार र एक्सपेङलाई कम्पनीले आजबाट सुरु हुने अटो शोमा लन्च गर्दै छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...