८० प्रतिशतसम्म फाइनान्समा इसुजु पिकअप, यस्तो छ अन्य सुविधा

इसुजु गाडीको विक्रेता टाइम्स मोटर्सले दशैं स्किम ल्याएको छ । सो स्किम अन्तर्गत यो व्राण्डको पिकअप खरिद गर्दा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन् । २० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा तिर्न सकिने उक्त स्किममा ग्राहकले २ महिनाको इएमआई होलिडेको सुविधा समेत पाउनेछन् ।

यसको साथै ग्राहकले १ लाख ५० हजारसम्म नगद छुट, एक वर्षको निशुल्क इन्सुरेन्स र एस–क्यावमा निशुल्क एसेसोरिज समेत प्राप्त गर्न सक्नेछन् । नेपाली बजारमा अहिले यसको एस–क्याव टु ह्विल ड्राइभ, हाइल्यान्याडर फोर ह्विल ड्राइभ र भी–क्रस प्रिमियम फोर ह्विल ड्राइभ गरी कुल तीन मोडलका पिकपअ उपलब्ध छन् ।

यी पिकअपको मूल्य क्रमश ४६ लाख ९० हजार, ५९ लाख ९० हजार र ७५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो नयाँ स्किमले कम डाउनपेमेन्ट गरेर गाडी किन्न इच्छुक ग्राहकलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

साङयोङ ब्रान्ड बन्यो केजी मोबिलिटी, अब केजी ग्रुपको स्वामित्वमा

साङयोङ ब्रान्ड बन्यो केजी मोबिलिटी, अब केजी ग्रुपको स्वामित्वमा

दक्षिण कोरियाली कार निर्माता कम्पनी साङयोङले आफ्नो नाम रिब्रान्डिङ गर्दै...

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज...

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...