१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त भारतीय स्टार्टअप इग्निट्रोन मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइकका साथ दुई पांंग्रे इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गरेको घोषणा गरेको छ ।

यो प्रिमियम इलेक्ट्रिक मोटरबाइक हुनेछ । साइबोर्ग योडा इलेक्ट्रिक क्रुजर बाइकले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । यो ब्याट्री स्वापिङ सुविधाको साथ उपलब्ध छ । कम्पनीका अनुसार यो बाइकको परीक्षण भारतको सबैभन्दा कठिन भूभाग र मौसममा गरिएको हो ।

पहिलो ’मेड इन इन्डिया’ इलेक्ट्रिक क्रुजर मोटरसाइकल
कम्पनीका अनुसार इग्निट्रोन मोटोकर्पले साइबोर्ग नामबाट भारतीय बजारमा तीनवटा उत्पादन ल्याउनेछ । यो यसको पहिलो फ्ल्यागसिप उत्पादन साइबोर्ग योडाबाट सुरु हुनेछ, जुन एक क्रुजर शैली मोडल हुनेछ । योडा बाइक पे्रमीहरुको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

योडा कम्पनीको पहिलो र भारतको पहिलो ’मेड इन इन्डिया’ इलेक्ट्रिक क्रुजर मोटरसाइकल हो जसलाई बदल्न मिल्ने ब्याट्री छ । सो रेन्जमा क्रुजर, रेगुलर र स्पोर्टस् सेगमेन्टको इलेक्ट्रिक बाइक पनि समावेश गरिएको छ ।

प्रत्येक १ किलोमिटरमा फास्ट चार्जिङको सुविधा
साइबोर्गले थप दुई मोडलहरू पनि लन्च गर्नेछ । जुन राम्रो रेन्ज, पावरफुल मोटर र किफायती मूल्य हुनेछ । सो ब्याट्री स्वापिङ स्टेशनको साथै रोड साइड असिस्टेन्सको साथ उपलब्ध हुनेछ ।

यसका साथै साइबोर्गले प्रत्येक १ किलोमिटरको दुरीमा स्टेशन पनि निर्माण गरिरहेको छ । यो एक कम्प्याक्ट होम चार्ज सकेट हो जसले छिटो चार्ज गर्ने सुविधा दिन्छ । यो ब्याट्री ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

फिचर
साइबोर्ग योडामा एलईडी टेललाइट र टर्न इन्डिकेटर, किलेस इग्निसन, एन्टी थेफ्ट अलार्म, पिलर ब्याकरेस्ट, साइड प्यानियर बक्स र एडजस्टेबल सस्पेन्सन सेटअप दिइएको छ । कम्पनीले अहिलेसम्म आफ्नो हार्डवेयर विवरण खुलाएको छैन ।

बाइक उत्पादन सुरु
कम्पनीले भारतमा सबैभन्दा सुरक्षित मोटरसाइकलहरू बनाउन र ब्याट्री प्रविधि सुधार गर्न नयाँ तरिकाहरूको निरन्तर खोजीमा केन्द्रित रहनेछ । यसको साथै गुरुग्रामको मानेसरमा रहेको कम्पनीको प्लान्टमा इलेक्ट्रिक मोटरसाइकलको निर्माण र एसेम्बली सुरु भइसकेको छ ।

सुरुवातमा कम्पनीले आर्थिक वर्ष २०२२–२३ मा ४० हजार युनिट उत्पादन गर्ने क्षमता राखेको छ । सो इलेक्ट्रिक क्रुुजर बाइकले एक पटकको फुल चार्जमा १२० किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...