बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो ।

याङवाङको सबैभन्दा नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रुपमा सो रेकर्ड कायम गरेको हो ।

जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन् । यो भन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे ।

याङवाङ यु९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु९ मा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ ।

याङवाङ यु९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३०,००० आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ, जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छ । यी सबैबाट ३,००० पीएसको कम्बाइन्ड सिस्टम आउटपुट हुन्छ । यसका कारण गाडीको पावर टु वेट रेसियो पनि प्रतिटन १,२१७ पीएस हुन जान्छ ।

यी वाहेक ई४ प्लेटफर्मको क्वाड–मोटर इन्डेपेन्डेन्ट टर्क–भेक्टरिङ सिस्टमले लगातार रुपमा सडकको मोनिटर गरिरहेको हुन्छ, जसले गर्दा स्पिड, पोस्चर आदिको निगरानी गरी ह्विल स्लिप हुन वा ट्रयाक्सन लस हुनबाट बचाउछ ।

डिसस–एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउछ । यसले टायर र रोडको समन्वय मिलाएर ड्राइभरलाई समेत कम्फर्ट र कन्फिडेन्स ल्याउन सघाउछ ।

याङवाङ यु९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ ।

यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो । यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डष्ट्रिकै टपमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरी अटोमोबाइलले आफ्नो पहिलो पूर्ण–विद्युतीय पिकअप ट्रक, हिमला (रिली आर०८)...

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ ।...

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...