छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र छक्का पञ्ना ५ को चर्चा अहिले चुलिएको छ । हालै सार्वजनिक गरिएको ट्रेलरमा देखिने विभिन्न दृश्यका आधारमा समेत यो चलचित्रको सफलता वा असफलताको वारेमा टिकाटिप्पणी भइरहेको छ ।

नेपाली चलचित्र बजारमा पहिले देखि नै चर्चित रहेका दिपकराज गिरी र दिपाश्री निरौला तथा केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकार रहेका र पहिले देखि नै राम्रो चर्चा कमाएको छक्का पञ्जाको सिक्वेल समेत भएकाले यो चलचित्रलाई धेरैले चासोपूर्वक हेरेका छन् ।

छक्का पञ्जा ५ को ट्रेलरमा अन्य कुराका अतिरिक्त यसमा बारम्बार देखिने टाटा टियागो र पन्च ईभीको वारेमा समेत धेरैले चासो राख्ने गरेका छन् । ट्रेलरमा समेत नायिका वर्षा शिवाकोटी र नायक दिपकराज गिरी लगायत यो गाडीमा सवार भएको देखिन्छ । यस अनुसार चलचित्रका धेरै दृश्यमा गाडी देख्न पाइने अनुमान यसबाट सहजै गर्न सकिन्छ ।

हुन त सो चलचित्रको पोष्टरमै स्पष्टसँग नै अन्य विभिन्न ब्रान्डका अतिरिक्त टियागो डट ईभी समेत सो चलचित्रको प्रायोजक रहेको देख्न सकिन्छ । ट्रेलरमा पनि यो कुराको झलक पाउन सकिन्छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले समेत यो कुराको पुष्टि गरेको छ ।

त्यसै अनुसार चलचित्रका धेरै दृश्यमा टियागो ईभी देख्न सकिन्छ । यद्यपि चलचित्रमा टाटा पन्च ईभी समेत देख्न सकिने छ ।

३० लाख भन्दा कम मूल्यमै राम्रो ईभी किन्न चाहनेहरुका लागि टाटा टियागो ईभी निकै नै उपयुक्त छ । यसमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्।

नेपाली बजारमा हाल टाटा टियागो ईभी एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २७ लाख ४९ हजार, २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँ छ ।

टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको सो सुरुवाती भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

चीनमा सांघाई अटो शो २०२१ सुरु भइसकेको छ । उक्त शोमा १९ र २० अप्रिल मिडिया डे...

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...