नाइमा अफर : सीएफमोटो र जिहो किन्दा २० हजार रुपैयाँ नगद छुट

काठमाडौं - नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो विद्युतीय स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर प्रालिले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन उपलब्ध हुनेछ ।

ग्राहकले उक्त कुपन आफैं प्रयोग गर्न वा परिवारका सदस्य, साथीभाइ तथा आफूले चाहेको अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछन् ।

त्यस्तै, सीएफमोटो २५० ड्युअल ईएफआई खरिद गर्ने ग्राहकका लागि थप आकर्षक सामग्रीको प्याकेज उपलब्ध गराइएको छ । यस मोडलमा ५ वर्ष वा ६० हजार किलोमिटरमध्ये जुन पहिले हुन्छ, त्यही अवधिसम्मको इन्जिन वारेन्टी उपलब्ध हुनेछ ।

अफरअन्तर्गत ग्राहकले चारवटा अतिरिक्त सर्भिस कुपन पनि पाउनेछन् । यसबाट नियमित सर्भिसिङमा थप सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।

सीएफमोटो तथा जिहोका हरेक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट उपलब्ध गराइनेछ । ग्राहकका लागि सहज किस्ता सुविधा तथा पुरानो मोटरसाइकल साटफेरको सुविधा पनि राखिएको छ ।

ऋषि ट्रेड सेन्टरका अनुसार ‘नाइमा विशेष अफर’ नगद छुटमा मात्र सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटेर ल्याइएको हो ।

अफरअन्तर्गत २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट, चारवटा अतिरिक्त सर्भिस कुपन, २५० ड्युअल ईएफआईमा सामग्रीको प्याकेज, सबै मोडलमा निःशुल्क फुल–फेस हेल्मेट, ५ वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टी, सहज किस्ता तथा साटफेर सुविधा रहेका छन् ।

ग्राहकले नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटो तथा जिहोको स्टलमा पुगेर विभिन्न मोडल अवलोकन गर्दै अफरबारे विस्तृत जानकारी लिन सक्नेछन् । कम्पनीका अनुसार यो सुविधा नेपालभर रहेका आधिकारिक सोरुम तथा बिक्री केन्द्रमा समेत उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...