नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
काठमाडौँ – नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ...
धनगढी - नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीलाई लक्षित गर्दै धनगढीमा टाटा मोटर्सको बीएस६ बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिमका विभिन्न यातायात व्यवसायी समिति, व्यवसायी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी तथा विशेष अतिथि सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल थिए। उनीहरूले बीएस६ प्रविधिको आगमनले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई अझ आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा ८ मिटरदेखि १२ मिटर सम्मका विभिन्न क्षमताका टाटा बीएस६ बस च्यासिस प्रदर्शन गरिएका थिए। शहरी तथा छोटो दूरीका सेवाका लागि उपयुक्त डे बस र लामो दूरीका यात्राका लागि डिजाइन गरिएका नाइट बस मोडलहरू सहभागी व्यवसायीहरूलाई प्रत्यक्ष अवलोकन गराइएको थियो।

कार्यक्रममा सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले बीएस६ प्रविधिबारे प्रस्तुति दिँदै नयाँ च्यासिसले कम इन्धन खपत, न्यून प्रदूषण उत्सर्जन, उच्च कार्यक्षमता र उत्कृष्ट माइलेज प्रदान गर्ने जानकारी दिए। उनका अनुसार बीएस६ बसमा SCR (Selective Catalytic Reduction) र ATS (After Treatment System) जस्ता अत्याधुनिक उत्सर्जन नियन्त्रण प्रणाली जडान गरिएको छ, जसले वातावरणीय मापदण्ड पूरा गर्नुका साथै इन्जिनको कार्यक्षमता पनि बढाउँछ।
उनले बीएस६ बस च्यासिसमा शक्तिशाली इन्जिन, उच्च टर्क, कम आवाज र कम्पन, मजबुत च्यासिस, उन्नत ब्रेकिङ प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सहज डायग्नोस्टिक प्रणाली तथा कम मर्मत खर्च जस्ता सुविधाहरू समावेश गरिएको बताए। यी विशेषताले व्यवसायीलाई सञ्चालन खर्च घटाउन र सवारीको उत्पादकत्व बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
पोखरेलले सिप्रदी ट्रेडिङले ग्राहकलाई बिक्रीपछिको सेवामा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बीएस६ प्रविधिको सञ्चालन, AdBlue को सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा नियमित मर्मतसम्भार सम्बन्धी चालक प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता तालिमहरू सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले नयाँ बीएस६ बस च्यासिसको प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको प्राविधिक विशेषता र सञ्चालन सम्बन्धी जानकारी लिएका थिए। व्यवसायीहरूले बीएस६ प्रविधिले सार्वजनिक यातायात क्षेत्रमा गुणस्तरीय सेवा, इन्धन बचत र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागका दीपेन्द्र चन्दको समेत उपस्थिति रहेको थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...