यी सडकमा आज आवागमन रोकियो, केहीमा एकतर्फी खुला

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ : ३० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा आवागमन रोकिएको जनाएको छ ।

प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथअन्तर्गत पाङ्दुर र बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।

बागमती प्रदेशमा नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । धादिङ आसपासको पृथ्वी राजमार्ग र चितवनतर्फको नारायणगढ–मुग्लिन सडकखण्डमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ गोमतीखोला र गजुरी आसपासको चालिसे–परेवाभिर क्षेत्रमा रहेको पृथ्वी राजमार्ग भने एकतर्फी सञ्चालनमा छ । तर बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

कोशी प्रदेशमा सोलुखुम्बुको सिद्धिचरण लोकमार्गलगायत अन्य भित्री सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ । भोजपुरमा मध्यपहाडी लोकमार्गलगायत सम्पूर्ण भित्री सडकमा पनि अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । उदयपुरको कटारी–घुर्मी (सिद्धिचरण लोकमार्ग) मा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...