हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको –‘फेस्टिभ डिलाईट–२०८०’ अन्तर्गत इलेक्ट्रिक कार कोनाको खरिदमा ग्राहकले ८० हजार नगद छुट पाउने भएको छन् ।

सो अफरमा ग्राहकले स्क्र्याच कार्ड मार्फत १ लाखसम्म जित्न सक्नेछन् भने बम्परमा एकजना भाग्यशाली बिजेताले माइक्रो एसयूभी एक्स्टर उपहार पाउनेछन् । साथै १ वर्षको निशुल्क इन्स्युरेन्स र सडक कर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तो छ कोना

हुन्डाई कोना नेपाली बजारमा एनएस, जीएल र जीएलएस गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ६० लाख ९६ हजार, ६१ लाख ५६ हजार र ६४ लाख ९६ हजार निर्धारण गरिएको छ ।

यो इलेक्ट्रिक क्रसओभरमा हुन्डाइले ३९.२ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान गरेको छ । जसको पावर १२० पीएस र टर्क ३९५ एनएम रहेको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०५ कीलोमटिर गुडाउन सकिने दावी गरिएको छ ।
कोनाको सबै भेरियन्टमा एलइडी डेटाइम रनिङ लाइट सहितको नयाँ हेडल्याम्प सेटअप, नयाँ एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ एयरव्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, इबीडी सहितको एबीएस र हिल एसिस्ट कन्ट्रोल लगायत अन्य थुप्रै फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

काठमाडौं– चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५...

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी औपचारिक रुपमा सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...