यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने १० शहर

विश्वका प्रमुख शहरहरूमा बढ्दो सवारी साधनको चाप र सीमित सडक पूर्वाधारका कारण ट्राफिक जाम गम्भीर चुनौती बनेको छ। हालै विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने १० शहरहरूको सूची सार्वजनिक भएको छ।

रिपोर्टका अनुसार मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक हुने शहर बनेको छ। यहाँ सवारी साधनको औसत गति करिब १७ किलोमिटर प्रतिघण्टा मात्र छ। मानिसहरूले १५ मिनेटमा औसत ४.४ किलोमिटर मात्र यात्रा गर्न सक्छन् भने वर्षमा करिब १८४ घण्टा ट्राफिक जाममै बिताउन बाध्य छन्।

सूचीको दोस्रो स्थानमा भारतको बेंगलुरु परेको छ। यस शहरमा औसत गति १६.६ किलोमिटर प्रतिघण्टा रहेको छ। यहाँका यात्रुहरूले १५ मिनेटमा करिब ४.२ किलोमिटर मात्र यात्रा गर्न सक्छन् र वर्षमा औसत १६८ घण्टा ट्राफिक जाममा समय खर्च हुन्छ ।

तेस्रो स्थानमा आयरल्यान्डको डब्लिन परेको छ, जहाँ मानिसहरूले वर्षमा करिब १९१ घण्टा ट्राफिकमा बिताउँछन्। यहाँको औसत गति १७.४ किलोमिटर प्रतिघण्टा रहेको छ।

चौथो स्थानमा पोल्याण्डको लोड्ज शहर छ, जहाँ औसत गति २२.५ किलोमिटर प्रतिघण्टा भए पनि ट्राफिकका कारण वर्षमा १३५ घण्टा समय खेर जान्छ।

पाँचौँ स्थानमा भारतकै पुणे परेको छ, जहाँ मानिसहरूले ट्राफिकका कारण वर्षमा करिब १५२ घण्टा गुमाउँछन्।

छैटौँ स्थानमा पोल्याण्डको लुब्लिन शहर छ। यहाँ १५ मिनेटमा ६.८ किलोमिटर यात्रा गर्न सकिने भए पनि ट्राफिकका कारण वर्षमा ११७ घण्टा समय बर्बाद हुन्छ।

सातौँ स्थानमा कोलम्बियाको बोगोटा परेको छ, जहाँ औसत गति १८.९ किलोमिटर प्रतिघण्टा छ र वर्षमा करिब १५३ घण्टा ट्राफिकमै बित्छ।

आठौँ स्थानमा पेरुको अरेक्विपा शहर छ, जहाँ ट्राफिकका कारण वर्षमा १५४ घण्टा गुम्ने देखिएको छ।

नवौँ स्थानमा पेरुको राजधानी लिमा परेको छ, जहाँ पिक आवरका बेला मात्र वर्षमा १९५ घण्टा समय गुम्ने तथ्याङ्कले धेरैलाई चकित पारेको छ। यहाँ औसत गति १७.२ किलोमिटर प्रतिघण्टा रहेको छ।

दशौँ स्थानमा थाइल्याण्डको बैंकक परेको छ। यहाँको औसत गति तुलनात्मक रूपमा २६.१ किलोमिटर प्रतिघण्टा भए पनि ट्राफिक जामका कारण मानिसहरूले वर्षमा ११५ घण्टा समय खर्च गर्नुपर्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...