जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालनको घोषणा

काठमाडौँ–भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । भारतीय रेल्वे मन्त्रालयले शनिबार उक्त नयाँ सेवा सञ्चालनमा ल्याउने निर्णय सार्वजनिक गरेको हो ।

करिब ६०४ किलोमिटर लामो यो रेलमार्गले माता सीताको जन्मस्थल जनकपुरधामलाई भगवान् रामको जन्मस्थल अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग प्रत्यक्ष रूपमा जोड्नेछ ।

बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै चल्ने यस रेलको जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछ ।

मन्त्रालयका अनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट छुट्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

भारत र नेपालबीच सदियौँदेखि रहिआएको सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्धलाई यस रेल सेवाले थप उचाइमा पु¥याउने विश्वास भारतीय रेल्वे मन्त्रालयले व्यक्त गरेको छ ।

गत जुन महिनामा पनि दुई देशबीच जनकपुर–अयोध्या खण्डसहित सीमापार रेल सम्पर्क विस्तार र यात्रुवाहक रेल सेवा सञ्चालनबारे उच्चस्तरीय छलफल भएको भारतीय सञ्चारमाध्यम ’द हिन्दू’ले उल्लेख गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...