क्रसएक्सको अर्को नयाँ बाइक सीएक्स३००एक्स, डेलिभरीको अन्तिम चरणमा, मूल्य कति ?
काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले...
काठमाडौं – युवाहरुको रोजाइमा पर्ने बाइक क्रसएक्स २५० आर ईएफआईको बुकिङ फेरि खुलेको छ । केही महिना पहिले डेलिभरी पश्चात बिक्री बन्द भएको सो बाइकको फेरि बुकिङ खुलेको हो ।
क्रसएक्स २५०आर ईएफआईको नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपालले १ लाख रुपैयाँ डिपोजिट गरेर सो बाइक बुकिङ गर्न सकिने बताएको छ । एक महिना भित्रै ग्राहकले बाइक पाउन सक्ने छन् ।
क्रसएक्स बाइक हाल नेपालमै एसेम्बल हुने गरेको छ । यसका लागि सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ र हेटौंडामा यसको कारखाना रहेको छ । वार्षिक रुपमा ४ सय भन्दा बढी मोटरसाइकल उत्पादन गर्ने यसको क्षमता छ ।
यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।
३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६।५ लिटरको इन्धन ट्यांकी छ ।
ईएफआई अर्थात इलेक्ट्रोनिक फ्यल इन्जेक्सन सिस्टम भएको यो मोटरसाइकलमा जीपीएस सहितको एन्टी–थेफ्ट लोकेसन ट्रयाकर, डीआरएल सहितको नयाँ एलईडी हेडल्याम्प, आरके रेसिङ चेन, कार्बन फाइबर ड्युअल एक्जस्ट, नयाँ सीएनसी ट्रिपल क्ल्याम्प, इन्ड्युरो सस्पेन्सन, नयाँ स्पिडोमिटर, सीएनसी हब एन्ड ह्विल, फ्रेम गार्ड जस्ता विशेषता छन् ।
क्रसएक्स २५०आर ईएफआईको मूल्य ८ लाख ४५ हजार रुपैयाँ छ ।
काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले...
काठमाडौं – नेपालमा क्रसएक्स ब्रान्डको नयाँ मोटरसाइकल क्रसएक्स २५०आर...
काठमाडौं – क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । पहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...