नयाँ फ्रेम र स्ट्राइकिङ अपग्रेडका साथ क्रसएक्स २५०आर उपलब्ध, अब डेलिभरीको तयारी

काठमाडौं – नेपालमा क्रसएक्स ब्रान्डको नयाँ मोटरसाइकल क्रसएक्स २५०आर अर्थात सीएक्स२५०आर अब बिक्रीका लागि उपलब्ध भएको छ । लामो समय सम्म विविध कारणले डेलिभरी हुन नसकेका बाइक अब डेलिभरीको अन्तिम चरणमा रहेको क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले जनाएको छ ।

क्रसएक्स लाइनअपमा पहिले देखि नै धेरै राइडरहरुले रुचाएको बाइक हो सीएक्स२५०आर । यो युवाहरुका लागि आइकनिक र बेस्ट–सेलिङ मोडल भएको कम्पनीको भनाइ छ । अब कम्पनीले यही बाइकलाई नेक्स्ट लेभलका साथ उपलब्ध गराएको बताएको छ ।

बुकिङ खुलेको लामो समय भए तापनि विविध कारणले यो बाइक राइडरहरुले पाउन सकेका थिएनन् । अब भने सो बाइक डेलिभरी समेत गरिने बताइएको छ ।

नयाँ सीएक्स२५०आर अब बोल्ड ब्ल्याक फ्रेम र स्ट्राइकिङ अपग्रेडेड हेडलाइटका साथ उपलब्ध छ । यस अनुसार कम्पनीले सो बाइक युजरहरुलाई ‘राइड द लेजेन्ड, फिल द पावर’ भनेको छ ।

नयाँ सीएक्स२५०आरमा नयाँ फ्रेम र च्यासिस अपग्रेड गरिएको छ । यसमा आल्मुनियम ट्विन–बिम फ्रेम सहितको मोडर्न च्यासिस प्रयोग गरिएको छ, जसले बाइकलाई बेटर एजिलिटी प्रदान गर्नुका साथै कन्ट्रोलमा समेत सहयोग पु¥याउछ ।

त्यसैगरी बाइकमा डीआरएल सहितका नयाँ एलईडी हेडलाइट रहेका छन् । यसको टेललाइट पनि एलईडी नै छ । बाइकमा प्रयोग गरिएको ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन टेक्नोलोजी तथा ईसीयुका कारण बाइकमा फ्युल डेलिभरी राम्रो हुन्छ भने थ्रोटल रेस्पोन्स र स्टार्ट पनि सहज हुन्छ । यसले बाइकको इन्धन किफायतीपना बढाउन पनि सहयोग गर्छ । यसमा उच्च गुणस्तरीय आरके रेसिङ चेन फाइनल ड्राइभ प्रयोग गरिएको छ ।

बाइकमा भएका इन्ड्युरो सस्पेन्सन लगायतका सस्पेन्सन सेटअप, सीएनसी ट्रिपल क्ल्याम्प, सीएनसी हब एन्ड ह्विल्स र ड्युअल कार्बन फाइबर एक्जस्ट लगायतले बाइकको सोलिड पर्फमेन्स बढाउन र मोडर्न तथा डर्ट बाइकको फिल गराउनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

क्रसएक्स बाइक हाल नेपालमै एसेम्बल हुने गरेको छ । यसका लागि सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ र हेटौंडामा यसको कारखाना रहेको छ । वार्षिक रुपमा ४ सय भन्दा बढी मोटरसाइकल उत्पादन गर्ने यसको क्षमता छ ।

यो मोटरसाइकलमा २४९ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ ।

सीएक्स२५०आर बाइकको मूल्य ८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...