ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।
सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।
साथै अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको जनाउँदै वेल्ट एन्ड रोड इनिसियभिटसँगै बहुपक्षीय सोझदारी र संसदीय साझेदारीमा जोड दिनुपर्ने बताएका थिए । कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन उनले आग्रह गरेका थिए ।
नाका बन्द भएका कारण अन्य वस्तुका साथै सवारी साधन समेत चीनबाट नेपाल भित्रिन सकेका छैनन् । नेपाली बजारमा चीनबाट समेत धेरै सवारी साधन भित्रिने गरेकाले यसको प्रत्यक्ष असर नेपाली अटोमोबाइल क्षेत्रमा पनि परेको छ ।
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव...
कहिलेकाहिं हतारको यात्रा तय गर्दै गर्दा र कागजपत्र बोक्न बिर्सदा अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...