तपाईको सवारी साधनको कागजपत्र हरायो ? यसरी अनलाइन प्रणाली मार्फत लिनुस् प्रतिलिपि सिफारिस

कुनै पनि सवारी साधन चलाउदा यात्राका बखत सडक र सवारी साधनसँग सम्बन्धित कागजपत्र साथमा राख्नु पर्ने तथा खोजेको बेला देखाउनुपर्ने व्यवस्था सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १३१ मा रहेको छ । साथै सोही ऐनको दफा १६४ बमोजिम सवारी चालक अनुमति पत्र (स.चा.अ.प), सवारी दर्ता किताब (स.द.कि), सडक इजाजत पत्र (स.इ.प) साथमा नराखी सवारी चलाएमा पहिलो पटकलाई पाँच सय, दोश्रो पटकको लागि एक हजार र तेश्रो पटक यही गल्ती दोहोरिएमा एक हजार पाँच सय रुपैयाँ तत्काल जरिवाना गर्न सकिने कानूनी ब्यवस्था रहेको छ । 

कहिलेकाहिं हतारको यात्रा तय गर्दै गर्दा र कागजपत्र बोक्न बिर्सदा अर्थात आफ्नो सडक र सवारीसँग सम्बन्धित कागजपत्र हराउँदा तपाईले जरिवाना, सास्ती तथा मानसिक तनाव पनि झेल्नु भएकै होला । बिगतमा यसरी सवारीसँग सम्बन्धित कागजपत्र हराउँदा उपत्यकाको हकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा भौतिक रुपमा उपस्थित भएर निवेदन दिने र सिफारिस लिनुपर्ने अवस्था रहेकोमा हाल उपत्यका ट्राफिक प्रहरीले प्रवाह गर्ने सेवालाई प्रविधिमैत्री, सहज र सरल बनाउदै घरबाटै अनलाइन फाराम भरेर ती सिफारिस बनाउन सकिने भएको छ ।

आउनुहोस् आज हामी अनलाइनबाटै आफ्नो हराएका कागजपत्रको सिफारिस कसरी लिने ? भन्ने बारेमा जानकारी राखौं ।

 सबैभन्दा पहिले गुगल क्रोम अथवा कुनै पनि ब्राउजरमा ट्राफिक प्रहरीको वेबसाइट खोल्नुहोस्।
 हराएको कागजात सम्बन्धी आवेदन विकल्पमा Click गर्नुहोस् ।
 हराएको कागजपत्र (स.चा.अ.प., स.द.कि., स.इ.प.) छनोट गर्नुहोस् ।
 स.चा.अ.प. भए त्यसमा उल्लेख भएको नाम, जारी भएको कार्यालय र स.द.कि./स.इ.प. मा भएको नाम, कम्पनीको नाममा भए कम्पनीको नाम र उल्लेख भएको नाम लेख्नुहोस् । यदि तपाईको कागजपत्रहरु बिगतमा ट्राफिक कारबाहीमा परी जरिवाना तिरी निकाल्नु भएको छैन भने तपाईको प्रक्रिया यहीबाट अबरुद्ध हुनेछ ।
 तपाईको सम्पर्क नम्बर तथा ठेगाना उल्लेख गर्नुहोस् । (प्रदेश, जिल्ला, स्थानिय तह कुन हो छनौट गर्नुहोस् ।)
 अन्तिममा Submit Button मा Click गर्नुहोस् र System ले Application ID दिन्छ त्यसलाई सुरक्षित राख्नुहोस् ।
 ७२ घण्टापछि Check Application मा गई Application ID राखी चेक गरी Print गर्नुहोस् ।
(प्रणालीले ७२ घण्टाको सूचना दिए तापनि त्यो भन्दा अगाबै प्राप्त गर्न सकिन्छ ।)

    यसरी अनलाइनमा प्राप्त सिफारिस ७ दिनको लागि मान्य हुनेछ । यदि ७ दिन भन्दा पछि जानु भएमा यातायात कार्यालयमा जरिवाना तिरेर प्रतिलिपि प्राप्त गर्न सक्नुहुनेछ । ७ दिन पछि र जरीवाना नतिरी फेरि प्रतिलिपि सिफारिस लिन चाहनुहुन्छ भने माथिको प्रक्रिया पुनः दोहो-याउनुहोस् । 

दुईपांग्रे सवारी साधनको स.द.कि.को लागि सतुंगलस्थित यातायात ब्यवस्था कार्यालय, चारपांग्रे र ठूला सवारीको स.द.कि र स.इ.प.को लागि यातायात ब्यवस्था कार्यालय, एकान्तकुना र स.चा.अ.प.को लागि भने जारी भएको सम्बन्धित यातायात कार्यालयमा गएर प्रतिलिपि कागजपत्र प्राप्त गर्न सकिन्छ ।

विष्णु थापा
वरिष्ठ प्रहरी नायव निरीक्षक

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न...

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका...

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई हामी अधिकांशको यात्रा सहयात्री मोटरसाइकल/स्कुटर नै हो भन्दा सायद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...