ट्राफिक प्रहरीसँग यातायात स्वतन्त्र मजदुरको गुनासो बढ्दो, ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआइजी० पोषराज पोखरेलले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बनाएर काम गरिने बताएका छन् ।

सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्या समाधानका लागि कार्यदल बनाउने प्रस्ताव पोखरेलले गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महिनाअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालेका पोखरेलसँग भेटगरी समस्या सुल्झाउन आग्रह गरेका छन् ।

उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको र समस्या झन थपिएको बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अधिकतम जरिवाना रकम असुल गरिरहेको, पार्किङ व्यवस्थापन गर्न नसकेको, पिक एण्ड ड्रपको व्यवस्थापन नगरेको, कारबाहीका क्रममा नियन्त्रणमा लिएका कागजपत्र संगठन र व्यवसायी प्रालिहरुलाई नदिएको, घर, ग्यारेज, विवाह ब्रतबन्धमा गएका सवारी साधनलाई रुटपरमिट नकाटेको भन्दै जरिवाना गरेको, सवारी साधनको अगाडीको बम्फर नहटाएको भनि कारबाही गरिएको, ट्राफिक प्रहरीहरुको व्यवहार र कार्यशैलीमा कुनै सुधार नआएको जस्ता समस्याहरु सुल्झाउन आफूहरुले डीआइजी पोखरेलसँग आग्रह गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

डीआइजी पोखरेलले आफू यातायात मजदुर र व्यवसायीहरुको समस्याको बारेमा जानकार रहेको बताउँदै समस्याको समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उपत्यकाको पिक एण्ड ड्रप, पार्किङ, ट्राफिक संकेत र चिन्हहरु व्यवस्थाका लागि सबैसँग सहकार्य गर्ने बताए ।

‘कारबाहीका क्रममा जफत गरिएका कागजात तथा सवारी चालक अनुमतिपत्र व्यवसायी तथा श्रमिकका प्रतिनिधि मार्फत उपलब्ध गराइनेछ, सवारीमा व्यवसायिक सामानबाहेक झिटिगुन्टा बोकेको आधारमा कारबाही हुँदैन जरिवाना रकमको सन्दर्भमा पुनर्विचार हुन्छ’, डीआईजी पोखरेलले भने । अब चाँडै बैठक बसेर डीआइजी पोखरेलले भने झै कार्यदल गठनपछि समस्याहरुको साझा समाधानमा सक्रियतापूर्वक लाग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

सम्बन्धित समाचारहरू

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

काठमाडौँ – नेपालमा सडक दुर्घटनाले बालबालिकाको भविष्य खोस्दै गएको छ।...

चीनका सडकमा अब रोबोटिक ट्राफिक प्रहरी

चीनका सडकमा अब रोबोटिक ट्राफिक प्रहरी

पूर्वी चीनको शहरहरुमा रोबोट ट्राफिक प्रहरी संचालनमा आएको छ । पूर्वी चीनको...

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...