चेरीले ल्यायो ४०८ किलोमिटरसम्म रेन्ज दिने नयाँ मिनी ईभी

चिनियाँ अटो निर्माता चेरीले लिटिल एन्ट नामको नयाँ मिनी ईभी लन्च गरेको छ । चालक सहित ४ जना यात्रुले यात्रा गर्न मिल्ने सो नयाँ कारमा दुईवटा ढोका दिइएको छ । चीनमा यसको मूल्य १० हजार ६०० देखी ११ हजार ३०० डलरसम्म पर्ने जनाइएको छ ।

सो नयाँ कारको लम्वाई ३२४२ एमएम, चौडाई १६७० एमएम, उचाई १५५० एमएम र ह्विलवेश २१५० एमएम रहेको छ । कारको इन्टेरियरमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, डुअल कलर स्टेरिङ ह्विल र मेकअप मिरर लगायत फिचर दिइएको छ ।

स्ट्यान्डर्ड र हाई–ईन्ड भर्सनमा उपलब्ध सो नयाँ कारको स्ट्यान्डर्ड भर्सनमा २५.०५, २८.८६ र २९.२९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ भने मोटर क्षमता ३६ किलोवाट रहेको छ । सो कारको स्ट्यान्डर्ड भर्सनले सिंगल चार्जमा २५१ देखी ३०१ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

यसैगरी, हाई–इन्ड भर्सनमा दिइएको ४०.३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०८ किलोमिटर रेन्ज दिने सिएलटीसीको दावी छ । यसमा जडान गरिएको ५६ किलोवाट क्षमताकाको मोटरले १५० एनएम टर्क जेनेरेट गर्दछ ।

४ वटा ड्राइभ मोड दिइएको सो नयाँ कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले डीसी फस्ट चार्जर समेत सपोर्ट गर्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त...

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...

सार्वजनिक स्वास्थ्य तथा शिक्षामा ऐतिहासिक योगदान पु-याएको शारडा परिवार लहान नगरपालिकाद्वारा सम्मानित

सार्वजनिक स्वास्थ्य तथा शिक्षामा ऐतिहासिक योगदान पु-याएको शारडा परिवार लहान नगरपालिकाद्वारा सम्मानित

लहान – सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...