सार्वजनिक स्वास्थ्य तथा शिक्षामा ऐतिहासिक योगदान पु-याएको शारडा परिवार लहान नगरपालिकाद्वारा सम्मानित

लहान – सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए बापत लहान नगरपालिकाले आयोजना गरेको १७औँ नगरसभाका अवसरमा शारडा तथा मुरारका परिवारलाई सम्मान गरिएको छ ।

रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल स्थापनाका लागि ऐतिहासिक रूपमा जग्गा दान गरेको योगदानको कदरस्वरूप शारडा ग्रुपका निर्देशक पवन शारडासहित दाता परिवारका अन्य सदस्यहरूलाई लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले दोसल्ला, खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले गरिब, विपन्न तथा सीमान्तकृत नागरिकहरूले आफ्नै स्थानमा सुलभ स्वास्थ्य सेवा प्राप्त गरून् भन्ने उद्देश्यले करोडौँ मूल्यको जग्गा दान गर्नु असाधारण उदारता र उच्च सामाजिक उत्तरदायित्वको उदाहरण भएको उल्लेख गरे ।

स्वर्गीय रामकुमार शारडा र उमाप्रसाद मुरारकाको स्मृतिमा विसं २०३५ मा १ बिघा १५ कट्ठा १० धुर क्षेत्रफलको जग्गा अस्पताल निर्माणका लागि दान गरिएको थियो। उक्त अस्पताल भवन विसं २०३९ मा उद्घाटन गरिएको हो। करिब ४७ वर्षपछि, पूँजीगत लाभकर छुटसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि उक्त जग्गा औपचारिक रूपमा अस्पतालको स्वामित्वमा आएको छ।

करिब १७ करोड ९९ लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त जग्गा मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण भएसँगै सार्वजनिक स्वास्थ्य सेवाका लागि स्थायी संस्थागत स्वामित्व सुनिश्चित भएको छ।

उक्त सम्मान कार्यक्रममा शारडा ग्रुपको तर्फबाट बोल्दै निर्देशक पवन शारडाले भने, ‘यो सम्मान हाम्रो परिवारको मात्र होइन, सम्पूर्ण लहानवासीको सम्मान हो। हाम्रा अग्रजहरुले समाजको सेवाबाट मिल्ने सन्तुष्टिलाई नै वास्तविक सम्पत्ति मान्नुभएको थियो। अग्रजहरुको यसै भावलाई आत्मसात गर्दै स्वास्थ्य र शिक्षामार्फत पुस्तौसम्म सेवा पुर्याउन पाउँदा हाम्रो सम्पूर्ण परिवार हार्दिक आभारी र कृतज्ञ छौं ।’

शारडा ग्रुपले आफ्ना संस्थापकहरूको मूल्य, दर्शन र विरासतलाई आत्मसात गर्दै उत्तरदायी व्यवसाय, सामाजिक दायित्व र दिगो विकासमार्फत राष्ट्र निर्माणमा निरन्तर योगदान पु-याउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै...

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...