१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त भारतीय स्टार्टअप इग्निट्रोन मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइकका साथ दुई पांंग्रे इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गरेको घोषणा गरेको छ ।

यो प्रिमियम इलेक्ट्रिक मोटरबाइक हुनेछ । साइबोर्ग योडा इलेक्ट्रिक क्रुजर बाइकले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । यो ब्याट्री स्वापिङ सुविधाको साथ उपलब्ध छ । कम्पनीका अनुसार यो बाइकको परीक्षण भारतको सबैभन्दा कठिन भूभाग र मौसममा गरिएको हो ।

पहिलो ’मेड इन इन्डिया’ इलेक्ट्रिक क्रुजर मोटरसाइकल
कम्पनीका अनुसार इग्निट्रोन मोटोकर्पले साइबोर्ग नामबाट भारतीय बजारमा तीनवटा उत्पादन ल्याउनेछ । यो यसको पहिलो फ्ल्यागसिप उत्पादन साइबोर्ग योडाबाट सुरु हुनेछ, जुन एक क्रुजर शैली मोडल हुनेछ । योडा बाइक पे्रमीहरुको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

योडा कम्पनीको पहिलो र भारतको पहिलो ’मेड इन इन्डिया’ इलेक्ट्रिक क्रुजर मोटरसाइकल हो जसलाई बदल्न मिल्ने ब्याट्री छ । सो रेन्जमा क्रुजर, रेगुलर र स्पोर्टस् सेगमेन्टको इलेक्ट्रिक बाइक पनि समावेश गरिएको छ ।

प्रत्येक १ किलोमिटरमा फास्ट चार्जिङको सुविधा
साइबोर्गले थप दुई मोडलहरू पनि लन्च गर्नेछ । जुन राम्रो रेन्ज, पावरफुल मोटर र किफायती मूल्य हुनेछ । सो ब्याट्री स्वापिङ स्टेशनको साथै रोड साइड असिस्टेन्सको साथ उपलब्ध हुनेछ ।

यसका साथै साइबोर्गले प्रत्येक १ किलोमिटरको दुरीमा स्टेशन पनि निर्माण गरिरहेको छ । यो एक कम्प्याक्ट होम चार्ज सकेट हो जसले छिटो चार्ज गर्ने सुविधा दिन्छ । यो ब्याट्री ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

फिचर
साइबोर्ग योडामा एलईडी टेललाइट र टर्न इन्डिकेटर, किलेस इग्निसन, एन्टी थेफ्ट अलार्म, पिलर ब्याकरेस्ट, साइड प्यानियर बक्स र एडजस्टेबल सस्पेन्सन सेटअप दिइएको छ । कम्पनीले अहिलेसम्म आफ्नो हार्डवेयर विवरण खुलाएको छैन ।

बाइक उत्पादन सुरु
कम्पनीले भारतमा सबैभन्दा सुरक्षित मोटरसाइकलहरू बनाउन र ब्याट्री प्रविधि सुधार गर्न नयाँ तरिकाहरूको निरन्तर खोजीमा केन्द्रित रहनेछ । यसको साथै गुरुग्रामको मानेसरमा रहेको कम्पनीको प्लान्टमा इलेक्ट्रिक मोटरसाइकलको निर्माण र एसेम्बली सुरु भइसकेको छ ।

सुरुवातमा कम्पनीले आर्थिक वर्ष २०२२–२३ मा ४० हजार युनिट उत्पादन गर्ने क्षमता राखेको छ । सो इलेक्ट्रिक क्रुुजर बाइकले एक पटकको फुल चार्जमा १२० किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, नाईमा मोबिलिटी एक्सपोमा नयाँ मोडल लन्च हुने

एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, नाईमा मोबिलिटी एक्सपोमा नयाँ मोडल लन्च हुने

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...

विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

वीरगञ्ज – नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड...

प्रोटोनको ईभी कार नेपाली बजारमा ल्याउने अन्तिम तयारी, मार्च तेस्रो साता सम्म नेपालमा लन्च हुने

प्रोटोनको ईभी कार नेपाली बजारमा ल्याउने अन्तिम तयारी, मार्च तेस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटोन इमास ७ ईभी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...