विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक मात्र नभई व्यावसायिक सवारी साधनमा समेत उपभोक्ताहरू ईभी रोज्न थालेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले हालै सार्वजनिक गरेको ग्लोबल ईभी आउटलुक २०२५  अनुसार इलेक्ट्रिक ईभीको प्रयोगका आधारमा विश्वका शीर्ष १० देशको सूची सार्वजनिक भएको छ।

चीन : चीन विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधनको बजार हो। सन् २०२४ सम्ममा चीनका सडकमा २ करोडभन्दा बढी इलेक्ट्रिक सवारी साधन पुगेका छन्। गत वर्ष मात्रै चीनमा करिब १ करोड १० लाख इलेक्ट्रिक कार बिक्री भएका थिए ।

अमेरिका : अमेरिका दोस्रो स्थानमा रहेको छ। अमेरिकामा हाल करिब ७० लाख इलेक्ट्रिक सवारी साधन सडकमा चलिरहेको छ। सन् २०२३ मा मात्र १६ लाख इलेक्ट्रिक कार बिक्री भएका थिए। कर छुट तथा मुद्रास्फीति न्यूनीकरण ऐन जस्ता नीतिले यो बजारलाई अझ तीव्र बनाउन मद्दत गरेको छ ।

जर्मनी : जर्मनमा हाल करिब १४ लाख इलेक्ट्रिक सवारी साधन चलिरहेको छ । यद्यपि, सरकारले प्रोत्साहनमा कटौती गरेपछि नयाँ कार बिक्रीमा इलेक्ट्रिक कारको हिस्सा केही घटेको छ।

फ्रान्स : फ्रान्समा करिब १३ देखि १४ लाख इलेक्ट्रिक सवारी साधन प्रयोग भइरहेको छ । फ्रान्सले सन् २०४० सम्ममा पेट्रोल र डिजेल कारलाई बन्द गर्ने योजना बनाएको छ। त्यस्तै ‘बोनस-मालस’ प्रणालीमार्फत सफा सवारी साधनलाई प्रोत्साहन र प्रदूषण गर्ने कारमा जरिवाना लगाइन्छ।

बेलायत : यो सूचीमा बेलायत पाँचौं स्थानमा छ। यहाँ करिब १३ लाख इलेक्ट्रिक कार प्रयोगमा छ ।

नर्वे : नर्वे जनसंख्याको हिसाबले सानो भए पनि इलेक्ट्रिक कार प्रयोगमा प्रतिव्यक्ति हिसाबले अग्रणी देश हो। सन् २०२४ सम्ममा नर्वेका सडकमा करिब ९ लाख इलेक्ट्रिक कार पुगेको छ । त्यहाँ बेचिने ९५ प्रतिशत नयाँ कार इलेक्ट्रिक हुनु विशेष उल्लेखनीय तथ्य हो।

नेदरल्याण्ड्स : यहाँ करिब ५ लाख ६० हजार इलेक्ट्रिक सवारी साधन प्रयोगमा छ । त्यहाँ बिक्री हुने कारमध्ये करिब ३० प्रतिशत इलेक्ट्रिक हुन्छ।

स्वीडेन : स्वीडेन यो सूचीमा आठौं स्थानमा छ, जहाँ करिब ५ लाख ५० हजार इलेक्ट्रिक कार चलिरहेको छ । नयाँ कार बिक्रीमा इलेक्ट्रिक कारको हिस्सा ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

क्यानडा : क्यानडा नवौं स्थानमा छ, जहाँ करिब ५ लाख ५० हजार इलेक्ट्रिक कार सडकमा छ । संघीय छुट र चार्जिङ नेटवर्क विस्तारले यहाँ इलेक्ट्रिक सवारी साधनको माग बढाइरहेको छ।

दक्षिण कोरिया : यहाँ करिब ५ लाख इलेक्ट्रिक सवारी साधन प्रयोग भइरहेको छ । यहाँ हाल नयाँ कार बिक्रीमा इलेक्ट्रिक कारको हिस्सा ७ प्रतिशतभन्दा कम भए पनि भविष्यमा ठूलो सम्भावना रहेको बताइएको छ।

सम्बन्धित समाचारहरू

बीवाईडीको ब्रान्ड एम्बेसडर बने हरिबंश आचार्य

बीवाईडीको ब्रान्ड एम्बेसडर बने हरिबंश आचार्य

काठमाडौं – लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ...

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

भृकुटी मण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा विभिन्न चार्जिङ सोलुसन...

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...