साइकलमा जस्तै ब्रेकिङ सिस्टम भएको यामाहाको नयाँ इलेक्ट्रिक स्पोर्ट्स बाइकको पेटेन्ट सार्वजनिक

यामाहाले आफ्नो नयाँ इलेक्ट्रिक स्पोर्ट्स बाइक चाँडै लन्च गर्ने अनुमान गरिएको छ । कम्पनीले गत वर्ष टोकियो मोबिलिटी शोमा ट्र्याक फोकस्ड इलेक्ट्रिक स्पोर्ट्स बाइकको प्रोटोटाइप बीईभी सार्वजनिक गरेको थियो। कम्पनीले हालै यसको पेटेन्ट दर्ता गरेको छ । सो बाइकको डिजाइन र आकार कम्पनीको लोकप्रिय पेट्रोल स्पोर्ट्स बाइक वाईजेडएफ–आर७ सँग मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ।

पेटेन्टअनुसार नयाँ इलेक्ट्रिक बाइकमा टाइप टु चार्जिङ पोर्ट प्रयोग गरिने सम्भावना छ। टाइप टु चार्जिङ पोर्टको प्रयोगले ठुलो क्षमताको ब्याट्री जडान गर्न सकिने भएकाले बाइकलाई उच्च क्षमताको चार्जिङ सुविधा उपलब्ध हुनेछ। यसले ब्याट्रीलाई एकपटक फुल चार्ज गरेपछि लामो दूरीसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यामाहाको नयाँ इलेक्ट्रिक स्पोर्ट्स बाइकमा फरक प्रकारको ब्रेक सिस्टम हुनेछ। सामान्य पेट्रोल बाइकमा पछाडिको ब्रेक खुट्टाले सञ्चालन गरिन्छ। तर सो नयाँ इलेक्ट्रिक बाइकमा पछाडिको ब्रेक बायाँ ह्यान्डलबारमा राखिनेछ । सो बाइकको ब्रेक साइकल र स्कुटरमा जस्तै दुवै हातबाट सञ्चालन गर्न सकिनेछ।

सामान्यतया बाइकमा एन्टी लक ब्रेकिङ सिस्टम सिटमुनि राखिन्छ तर सो बाइकको एन्टी लक ब्रेकिङ सिस्टम हाइड्रोलिक युनिटको ह्यान्डलबारको पछाडि राखिएको छ । यसले मुख्य ब्रेक सिलिन्डर र एन्टी लक ब्रेकिङ सिस्टमबीचको पाइप छोटो बनाउने भएकाले ब्रेक लगाउँदा अझ छिटो र बढी सटीकताका साथ प्रतिक्रिया प्राप्त हुनेछ।

यद्यपि कम्पनीले हालसम्म सो इलेक्ट्रिक स्पोर्ट्स बाइकको मोटर क्षमता, पावर, रेन्ज वा अन्य प्राविधिक विवरण सार्वजनिक गरेको छैन। साथै यसको आधिकारिक लन्च बिक्री मितिबारे पनि कुनै जानकारी दिइएको छैन।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...