बीवाईडीको ब्रान्ड एम्बेसडर बने हरिबंश आचार्य

काठमाडौं – लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ इलेक्ट्रिक कार कम्पनी बीवाईडीको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आचार्यलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

साइमेक्स इंकले आयोजना गरेको डिलर मिटको अवसरमा सो सम्झौता सम्पन्न भएको हो । हरिबंश आचार्यले आफ्नो फेसबुक पेजमार्फत यो कुराको जानकारी सार्वजनिक गरेका छन् । सो अवसरमा उनले ‘नेपालमा अब विद्युतीय युग सुरु भयो । विद्युतबाट चल्ने विश्वप्रख्यात वातावरणमैत्री गाडी बीवाईडीको मलाई सद्भावनादूत नियुक्त गर्नुभएकोमा साइमेक्स इंक परिवारप्रति शुभकामना व्यक्त गर्दछु ।’ भनेका छन् ।

बीवाईडीका विद्युतीय गाडी नेपाली बजारमा लोकप्रिय छन् । हाल नेपाली बजारमा बीवाईडीका ई६, न्यु ई६, एम३ र टी३ मोडलका सवारी साधन उपलब्ध छन् । यी मध्ये ई६ को मूल्य ५० लाख, न्यु ई६ को मूल्य ५७ लाख ५० हजार, ७ सिटर एम३ को मूल्य ४२ लाख ५० हजार र टी३ को मूल्य ४० लाख ५० हजार रुपैयाँ छ ।

केही दिनमै कम्पनीले नयाँ मोडलको सवारी साधन एटटो ३ नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । यसको मूल्य भने अझै सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...

२७.४ प्रतिशतले घट्यो जर्मनीमा विद्युतीय कारको बिक्री

२७.४ प्रतिशतले घट्यो जर्मनीमा विद्युतीय कारको बिक्री

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको...

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...