नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

भृकुटी मण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा विभिन्न चार्जिङ सोलुसन उपलब्ध गराउने कम्पनीहरुको सहभागिता छ । इलेक्ट्रिक गाडीका लागि आवश्यक चार्जर उपलब्ध गराउने यी कम्पनीहरु मध्ये आर्गो ईभी स्मार्ट पनि एक हो ।

सुदिप कुमार जसावत आर्गो ईभी स्मार्टका ग्रुप बिजनेस हेड हुन् । उनका अनुसार आर्गो ईभीले विगत ३ वर्ष भित्र अढाई सय भन्दा बढी स्टेशन निर्माण गर्नुका सार्थै विभिन्न रुटहरु समेत इलेक्ट्रिफाई गरिसकेको छ । दिल्ली–आग्रा–जयपुर जस्तो हिस्ट्रीकल ट्रायंगलमा यस्ता स्टेशन बनेका छन् । यी रुटमा भएका फास्ट चार्जरका कारण सबैले इलेक्ट्रिक गाडी चार्ज गर्न सकिने अवस्था छ ।

चार्जिङ इन्फास्ट्रक्चर निर्माण गर्नुका साथै ई–मोबिलिटीलाई समेत प्रवद्र्धन गर्ने नीति अनुरुप आर्गो ईभी स्मार्टले एक सहर देखि अर्को सहर सम्म इलेक्ट्रिक ड्राइभको समेत आयोजना गरेको छ । पछिल्लो पटक वर्ल्ड ईभी डेका दिन ग्रेटर नोयडा एक्सपो मार्ट देखि नैनीताल सम्म २५ इलेक्ट्रिक कारले ६५० किलोमिटरको दुरी पार गरेका थिए । यो सबैभन्दा लामो ईभी ड्राइभ थियो ।

कम्पनीले रोड साइट असिस्टेन्सको समेत आयोजना गरिरहेको छ । बीचमा इलेक्ट्रिक गाडीहरु बिग्रिएमा अनबोर्ड चार्जरको सहयोगले गाडीलाई अर्को स्थानमा पु¥याउने कार्य समेत पहिलो पटक सन् २०२१ देखि आर्गो ईभी स्मार्टले गरिरहेको जसावतले बताए ।

आर्गो ईभी स्मार्टले विभिन्न क्षमताका एसी र डीसी दुवै प्रकारको चार्जर उपलब्ध गराइरहेको छ । यी चार्जर सीई र अन्य विभिन्न अन्तर्राष्ट्रिय गुणस्तरबाट प्रमाणित छन् । यी चार्जरमार्फत वाईफाई, इथरनेट, सिम, आरएफआईडी आदि प्रविधिको प्रयोग गर्न सकिन्छ ।

करिव १ लाख भारु देखि प्रारम्भ हुने यी चार्जर १ करोड मूल्य सम्मका विभिन्न रेन्जको मूल्यमा उपलब्ध छन् ।

नेपाली बजारमा समेत आर्गो ईभी स्मार्टले पार्टनरसिप खोजिरहेको छ । चार्जिङका लागि आवश्यक पूर्वाधार निर्माण देखि अन्य सबै सहयोग कम्पनीले उपलब्ध गराउने बिजनेस हेड जसावत बताउछन् ।

सम्बन्धित समाचारहरू

टाटा टियागो ईभीको खुल्यो बुकिङ

टाटा टियागो ईभीको खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन...

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...