सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न

काठमाडौं – सीएफमोटोको नेपालका लािग आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एड्भेन्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी गर्नुका साथै उनीहरुका बिच एक सेलिब्रेसन सम्पन्न गरेको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको सो बाइक केही समय पछि बिक्री प्रारम्भ गरिएको थियो । त्यसपछि डेलिभरी दिन सुरु गरिएको बाइक धनीहरुका बिच एक प्रकारको सहकार्यका लागि समेत सो समारोह आयोजना गरिएको हो ।

डेलिभरी, सेलिब्रेसन र गफगाफका लागि सो कार्यक्रम सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजना गरिएको थियो । ‘बाइक धनी र बाइक प्रेमी तथा कम्पनीका बिच एक प्रकारको सहकार्यका लागि सो कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा एड्भेन्चर बाइक र यसका वारेमा आफ्ना मनका कुरा सेयर गर्ने एक प्रकारको सहकार्य सम्बन्धी यस्तो कार्यक्रम आगामी दिनमा समेत गरिने छ,’ ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले भने । हाल सम्म ५० भन्दा बढी बाइक डेलिभरी दिइएको र आगामी दिनमा अन्य बाइक समेत डेलिभरी गरिने उनले बताए ।

सो अवसरमा सहभागीहरुका बिच सीएफमोटो ४५० एमटीको वारेमा चर्चा गरिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् ।

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । 

सम्बन्धित समाचारहरू

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

काठमाडौं – मोर्बिडेली नेपालले हाल राजधानीको भृकुटीमण्डपमा चलिरहेको...

१८५ थान मोटरसाइकल लिलाम गर्दै जनकपुर भन्सार, मूल्य १२ हजार देखि माथि

१८५ थान मोटरसाइकल लिलाम गर्दै जनकपुर भन्सार, मूल्य १२ हजार देखि माथि

जनकपुर भन्सार कार्यालयले १८५ थान मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने...

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

भारतमा अब यूएसडी फोर्क मोटरसाइकल सस्तो मूल्यमा पनि उपलब्ध हुन थालेका छन्।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...